अपराध

    Showing 641-650 of 2,232 items.
  • कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

    मुस्ताङ। माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।यसअघि गत प

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 315 पटक पढिएको
  • ओलीसँग भेटपछि दुर्गा प्रसाईं पक्राउ, साइबर ब्युरोले थाल्यो अनुसन्धान

    काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले प्रहरीको हिरासतमा छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएको छ । प्रसाईंले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।निर्वाचन आयोगले पठाएको पत्रको आधारमा अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । उनले भने– ‘विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज म्याद लिएर थप अनुसन्धान अघि बढाउँछौँ ।’पक्राउ पर्नुअघि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 378 पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु

    झापा –  झापाको अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ।अर्जुनधारा नगरपालिका-७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।बालुवा बोकेको प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 317 पटक पढिएको
  • ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी

    काठमाडौं— थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रसारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ ।डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा।लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ ।कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रसारण गरिएको र ती सामग्रीहरू केही व्यक

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 373 पटक पढिएको
  • सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं— भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।बिहीबार साँझ अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 327 पटक पढिएको
  • वीरगञ्जमा मान्छे नभएको घरमा लक्षित गर्दै गरगहनाको चोरी

    वीरगञ्ज। वीरगञ्ज महानगरमा सुन–चाँदीलगायतको गरगहना चोरीका घटना बढेका छन् । यही माघ १२ गते वीरगञ्ज महानगर–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोरलाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको हो ।घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्तिले  सो मूल्य बराबरको सुनचाँदीको गरगहना चोरेर फरार भएको प्रहरीको भनाइ छ । यही माघ १३ गते त्यस्तै वीरगञ्ज महानगर–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकिन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ । पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदी लगायतका गरगहना

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 406 पटक पढिएको
  • सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

    सर्लाही— सर्लाहीको लालबन्दीमा रहेको एक लघुवित्त वित्तीय संस्थामा दिनदहाडै लुटपाट भएको छ। बिहीबार दिउँसो अज्ञात समूहले कार्यालयभित्र प्रवेश गरी कर्मचारीमाथि छुरा प्रहार गर्दै लुटपाट गरेको हो।प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ।घटनाका क्रममा छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ भने संलग्न समूहको खोजी तीव्र बनाइएको छ।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 295 पटक पढिएको
  • जेनजी प्रदर्शनः सिंहदरबारमा आगजनी गर्ने एक जना पक्राउ

    काठमाडौं— प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको बताउने र आगजनी गर्न उक्साएको अभियोगमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।पक्राउ परेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा बिहीबार पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 235 पटक पढिएको
  • रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालक फरार

    रौतहट— रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पु¥याएका थिए ।तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 491 पटक पढिएको
  • नक्कली एक हजारका नोटसहित एक युवक पक्राउ

    सुनसरी— सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट नेपाली एक हजार रुपैयाँ दरका २८ थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।बुधबार राति इनरूवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।प्रहरीका अनुसार बहिस मियाको साथबाट नेपाली एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 531 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.