झापा –  झापाको अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका-७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

बालुवा बोकेको प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए।