सुनसरी— सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट नेपाली एक हजार रुपैयाँ दरका २८ थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।
बुधबार राति इनरूवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बहिस मियाको साथबाट नेपाली एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





































