काठमाडौं— प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको बताउने र आगजनी गर्न उक्साएको अभियोगमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ परेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा बिहीबार पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।