अपराध

    Showing 21-30 of 2,232 items.
  • पोखरामा लागूऔषध कारोबारको जालो फेला, ठूलो परिमाणमा चक्की र गाँजा बरामद

     पोखरा / प्रहरीले पोखराका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटाका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी ६१ एम्पुल लागूऔषध बरामद भएको छ। साथै उनको साथबाट मोबाइल एक थान र नगद २१ हजार रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी पोखरा–९ नागढुंगा क्षेत्रमा लागूऔषध बिक्री भइरहेको सूचनाका

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 134 पटक पढिएको
  • ब्राउनसुगर र नियन्त्रित औषधसहित विभिन्न जिल्लाबाट पाँच पक्र

    काठमाडौं / नेपाल प्रहरीले सुनसरी, चितवन र कास्कीबाट ब्राउनसुगर तथा नियन्त्रित लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको इनरुवा  नगरपालिका–३ देवकोटा स्कुल नजिकबाट इटहरी उपमहानगरपालिका–२० निवासी ३१ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी सवार मोटरसाइकल जाँचका क्रममा उक्त पदार्थ बरामद भएको थियो।यस्तै, चितवनको माडी नगरपालिका–३ स्थित एक वर्कसपबाट पर्साको ठोरी गाउँपालिका–१ निवासी २३ वर्षीय करण कुँवरसहित दुई जनालाई नियन्त्रित लाग

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 177 पटक पढिएको
  • धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

    जनकपुरधाम। भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ ।यस्तै सो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिनुभयो । सो क्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरोहेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टि

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 249 पटक पढिएको
  • रोकिएन कालीगण्डकी दोहन ! बालुवा उत्खनन गर्दै गरेका ७ जना र ७ ट्याक्टर पक्राउ

    मुस्ताङ । वर्षायाममा कालीगण्डकी नदीको बहाव बढिरहेका बेला मुस्ताङमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको खुलेको छ। प्रहरीले बिनाअनुमति नदीको बगरबाट बालुवा उत्खनन गरी ओसारपसार गरिरहेका सात जना र उनीहरूले प्रयोग गरेका सात वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम–कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ एक्लेभट्टी नजिक कालीगण्डकी नदीको बगरबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरीले बालुवासहित ट्याक्टरहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। नियन्त्रणमा लिइएका ट्याक्टरमध्ये ग१त ७६५३, ग१त ७५९

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 166 पटक पढिएको
  • साढे ५२ लाख स्रोत नखुलेको नगदसहित चार जना पक्राउ

    काठमाडौं । पर्साको वीरगन्जमा स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएर ठूलो रकम बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार राति उनीहरू पक्राउ परेका हुन् । प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका दुई मोटरसाइकलमा सवार चार जनाको साथबाट ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २६ वर्षीय सुरज कर्ण, पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 195 पटक पढिएको
  • ५२ करोडको बिगो दाबीमा शेखर गोल्छाको बयान

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा मंगलबार विशेष अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध दायर मुद्दामा बयान सुरु भएसँगै अब अदालतको प्रक्रिया थुनछेकतर्फ अघि बढ्ने भएको छ ।गोल्छा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयानका लागि उपस्थित भएका हुन् । उनको बयान अहिले चलिरहेको छ ।बयान सकिएपछि अदालतमा थुनछेकसम्बन्धी बहस सुरु हुनेछ । वादी र प्रतिवादी दुवै पक्षको बहस पूरा भएपछि गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 221 पटक पढिएको
  • पूर्ण अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा पुरुष पक्राउ

    बागलुङ— बागलुङमा पूर्ण अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–३ का ३२ वर्षीय होमे पतेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।प्रहरीका अनुसार गत साउन २१ गते दिउँसो करिब ४ः३० बजे बडिगाड गाउँपालिका–१ घोरलोकमा विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप पतेलमाथि लागेको हो।घटनाको सूचना प्राप्त भएपछि प्रहरीले पतेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।पक्राउ परेका पतेलविरुद्ध जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 455 पटक पढिएको
  • जापान पठाउने नाममा करोडौँ असुली, कन्सल्टेन्सी सञ्चालक पक्राउ

    काठमाडौं । जापान जाने सपना देखाएर ठूलो रकम असुल गरेको आरोपमा बुटवलबाट एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।ग्याट्सबी इन्टरनेसनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) २९ वर्षीय प्रतीक बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो ।ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथली निवासी बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोप छ ।जापान पठाउने प्रक्रिया, रोजगारी र अन्य अवसरको आश्वासन दिएर रकम संकलन गरेको भन्दै उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको उजुरी परेको थियो

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 307 पटक पढिएको
  • झापा, कैलाली र मोरङबाट ८ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

    काठमाडौं / प्रहरीले झापा, कैलाली र मोरङका विभिन्न स्थानबाट ८ ग्रामभन्दा बढी ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार झापा गाउँपालिका–५ खाताबस्तीबाट २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई सोमबार बिहान पक्राउ गरिएको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका–२ निवासी २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका–४ निवासी ३१ वर्षीय धिरज गुरुङ रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस्तै, कैलालीको

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 161 पटक पढिएको
  • चार व्यक्ति पक्राउ

    वीरगञ्ज। स्रोत नखुलेको रु ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।खानतलासी गर्दा निजहरूको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.