काठमाडौं / नेपाल प्रहरीले सुनसरी, चितवन र कास्कीबाट ब्राउनसुगर तथा नियन्त्रित लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको इनरुवा नगरपालिका–३ देवकोटा स्कुल नजिकबाट इटहरी उपमहानगरपालिका–२० निवासी ३१ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी सवार मोटरसाइकल जाँचका क्रममा उक्त पदार्थ बरामद भएको थियो।
यस्तै, चितवनको माडी नगरपालिका–३ स्थित एक वर्कसपबाट पर्साको ठोरी गाउँपालिका–१ निवासी २३ वर्षीय करण कुँवरसहित दुई जनालाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेटसहित पक्राउ गरिएको छ।कास्कीको पोखरा महानगरपालिका–१० सृष्टि मार्गबाट गोरखा गण्डकी गाउँपालिका–७ घर भएका ३३ वर्षीय नरेश गुरुङलाई करिब २२ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, पोखरा महानगरपालिका–८ न्यूरोडस्थित डेराबाट बारा निजगढ नगरपालिका–५ घर भएका ४३ वर्षीय रामप्रसाद आचार्यलाई ६ ग्राम ब्राउनसुगर र १ लाख ५५ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।






































