अपराध

    Showing 2,131-2,140 of 2,232 items.
  • आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पक्राउ

    काठमाडौँ। आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटेलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापा चोकस्थित घरमामा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो ।जिल्ला अदालतले उनी दुवै जनालाई प

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 175 पटक पढिएको
  • धनबहादुरको मलेसियामा हत्या गरी नेपाल भाग्ने शाह पक्राउ

    काठमाडौं । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर भागेका एक युवक काठमाडौंमा पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो।साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए। हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। सामान्य विवादमा उनले प्रधानको हत्या गरेका थिए। मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य

    • प्रकाशित मितिः पुस २, २०८०
    • 292 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या

    काठमाण्डौ   ।   बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ।सुर्नया गाउँपालिका-३ बिजुलकी ५६ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो हत्या भएको हो।प्रहरीका अनुसार सोही ठाउँका ३२ वर्षीय तेजबहादुर चन्दले दिउँसो घरमै पुगेर विष्टको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।चन्दले दिउँसै महिलाको हत्या गरेपछि स्थानीय त्रसित बनेका छन्। मानसिक सन्तुलन ठिक नभएका चन्दले विष्टको हत्यापछि उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन्।घटनाको विषयमा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 307 पटक पढिएको
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    काठमाण्डौ   ।   सल्यानमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्नेका ४५ वर्षीय डम्बर सार्की रहेका छन्।४० वर्षीया श्रीमती सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरी  जनाएको छ।डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 226 पटक पढिएको
  • सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

    काठमाडौँ ।   मङलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको हो ।कारखाना सञ्चालक नागरजुङ बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। प्रहरीले उक्त कारखानाबाट करिब ७ किलो सुन बरामद गरेको छ ।प्रहरिले सुनसहित कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।   कारखानामा छापा मार्दा सो परिमाणमा सुन बरामद भएको हो ।  काठमाडौं उपत्यका अपराध अनुस

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 386 पटक पढिएको
  • रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ।प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिम

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 235 पटक पढिएको
  • हतियार प्रहारबाट एक युवक गम्भीर घाइते

    काठमाण्डौ  ।    बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताएका छन । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 234 पटक पढिएको
  • काठमाण्डौ र पर्साबाट नक्कली नोटसहित ३ जना पक्राउ

    काठमाडौँ । नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँबाट १ र पर्साबाट २ गरी ३ जना आज पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 235 पटक पढिएको
  • नक्कली नोट छाप्ने मेशिन सहित गुरुङ पक्राउ

    काठमाडौं । प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डोल्पाको साविक भिजेर गाविका–८ घर भई हाल काठमाडौं–६ मा बस्दै आएका २९ वर्षीय कार्मा लुण्डुप गुरुङ रहेका छन्।सरस्वती नगरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो।माहांकाल सेचेन गुम्बा नजिकै एक घरको भुइँ तल्लामा बस्दै आएका उनलाई विभिन्न मेसिनरी सामान, नक्कली नोट र नेपाली नगदसहित नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कपनले जनाएको छ । उनलाई थप कारबाहीका लागि बौद्ध प्रहरीमा राखिएको छ।उनको साथबाट नक्कली नोटको फोटोकपी गर्ने मेसिन एक थान, डिजिटल तराजु स

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 155 पटक पढिएको
  • प्रधानाध्यापकको हत्या आरोपमा पक्राउ

    काठमाडौँ । बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।थप दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना ट्रेस भइसकेका छन्। दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.