काठमाडौँ ।   मङलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको हो ।

कारखाना सञ्चालक नागरजुङ बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 

OM Sai Pathibhara Hospital

प्रहरीले उक्त कारखानाबाट करिब ७ किलो सुन बरामद गरेको छ ।प्रहरिले सुनसहित कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।   

कारखानामा छापा मार्दा सो परिमाणमा सुन बरामद भएको हो ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने काम भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि यकिन परिमाण आउनेछ ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ ।  अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।