काठमाडौं । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर भागेका एक युवक काठमाडौंमा पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो।

साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए। हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। सामान्य विवादमा उनले प्रधानको हत्या गरेका थिए। मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

OM Sai Pathibhara Hospital

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाडौं प्रहरीले जनाएको छ।