काठमाडौँ । बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।
थप दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना ट्रेस भइसकेका छन्।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि सोमबार दिउँसो गोली प्रहार गरेका थिए।