काठमाण्डौ   ।   बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ।सुर्नया गाउँपालिका-३ बिजुलकी ५६ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो हत्या भएको हो।

प्रहरीका अनुसार सोही ठाउँका ३२ वर्षीय तेजबहादुर चन्दले दिउँसो घरमै पुगेर विष्टको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

OM Sai Pathibhara Hospital

चन्दले दिउँसै महिलाको हत्या गरेपछि स्थानीय त्रसित बनेका छन्। मानसिक सन्तुलन ठिक नभएका चन्दले विष्टको हत्यापछि उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन्।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए।