काठमाण्डौ   ।   सल्यानमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्नेका ४५ वर्षीय डम्बर सार्की रहेका छन्।

४० वर्षीया श्रीमती सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरी  जनाएको छ।

OM Sai Pathibhara Hospital

डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।