अपराध

    Showing 2,121-2,130 of 2,232 items.
  • बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने पक्राउ

    काठमाडौं  ।   नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान छन्।गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम

    • प्रकाशित मितिः असार ७, २०८१
    • 387 पटक पढिएको
  • पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीको मुठभेड

    पर्सा  ।  पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको भुठभेड हुँदा सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।मृतकको नाम खुल्न सकेको छैन। सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ। सेनाले गोली चलाएपछि अन्य फरार भएका छन्। घटनाको पुष्टि गर्दै निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले थप विवरण आउन बाँकी रहेको बताए ।

    • प्रकाशित मितिः असार ७, २०८१
    • 540 पटक पढिएको
  • अवैध भेपसहित पाँचजना पक्राउ

    हेटौंडा । मकवानपुरको हेटौँडाबाट ठूलो मात्रामा भेप तथा भेपको फ्लेवरहरू बरामद भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भेपसहित पाँच जनालाई पक्राउ गरेको हो । मकवानपुर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैध रूपमा भन्सार छली ल्याएको दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरूसहित पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको हो।जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङस्थित सडकखण्डमा काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान लागेक

    • प्रकाशित मितिः असार ७, २०८१
    • 402 पटक पढिएको
  • झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ

    झापा । ब्राउनसुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । झापा गाउँपालिका– १ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय  जुलमात हुसेन र साइकलको पछाडि बस्ने वर्ष २० वर्षीय तोसिफ आलम छन् । प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

    • प्रकाशित मितिः असार ७, २०८१
    • 338 पटक पढिएको
  • पशुपतिको भेटी चोरीको आरोपमा पक्राउ परेकालाई थुनामा राख्न आदेश

    काठमाडौं  ।  जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँचजनालाई थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश कपिलमणि गौतमको इजलासले पक्राउ परेकामध्ये एक सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। बाँकी पाँचजना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।उनले भने, ‘पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौं जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 451 पटक पढिएको
  • तरुण दलका नेता विनोद गिरीमाथि गोली प्रहार

    काठमाण्डौ । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ । शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो ।तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको बताइएको छ । फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ । सोही कारण नेपालगन्जदेखि गुण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गरिएको कँडेलमाथि आरोप लागेको छ ।एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 294 पटक पढिएको
  • कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय पर्साले पेस्तोलसहित पक्राउ परेका दुई युवालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४३ वर्षीय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ का ३७ वर्षीय शिवपुजन मुखिया छन् ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका–९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकलमा सवार गिरीको शरीर खानतलासी गर्दा हतियार फेला परेको थियो । उनले लगाएको कालो रगंको ज्याकेटको बाँयातर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १ थान अबैध कटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 419 पटक पढिएको
  • ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ

    मोरङ । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बीआर १० पी९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो। गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्ष

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 293 पटक पढिएको
  • सशस्त्र प्रहरिद्वारा ठुलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ

    काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलले पर्साबाट १ सय ६८ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ।  सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट उक्त गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा करिब १ सय ६८ किलो लागुऔषध गाँजासहित तामाङ

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 322 पटक पढिएको
  • तरुल खोज्न गङ्गल गएका युवकको हत्या

    काठमाण्डौ । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिएका छन। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन।घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निर

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.