काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय पर्साले पेस्तोलसहित पक्राउ परेका दुई युवालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४३ वर्षीय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ का ३७ वर्षीय शिवपुजन मुखिया छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका–९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकलमा सवार गिरीको शरीर खानतलासी गर्दा हतियार फेला परेको थियो । उनले लगाएको कालो रगंको ज्याकेटको बाँयातर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १ थान अबैध कटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

OM Sai Pathibhara Hospital

गिरी र मोटरसाइकलमा पछाडी सवार मुखिया समेतलाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।