झापा । ब्राउनसुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । झापा गाउँपालिका– १ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।

IMG-20240326-WA0001 3

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय  जुलमात हुसेन र साइकलको पछाडि बस्ने वर्ष २० वर्षीय तोसिफ आलम छन् । 

प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।