पर्सा  ।  पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ । 

IMG-20240326-WA0001 4

OM Sai Pathibhara Hospital

निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको भुठभेड हुँदा सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

मृतकको नाम खुल्न सकेको छैन। सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ। सेनाले गोली चलाएपछि अन्य फरार भएका छन्। 

घटनाको पुष्टि गर्दै निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले थप विवरण आउन बाँकी रहेको बताए ।