अपराध

    Showing 2,041-2,050 of 2,232 items.
  • बोक्सीको आरोपमा हत्या

    दैलेख—बोक्सीको आरोपमा दैलेखमा एक जनाको हत्या भएको छ। दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, कर्णबहादुर गाउँका धामी थिए ।बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी लागेर बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक सुनारले बताए ।हतियार

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 610 पटक पढिएको
  • फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

    काठमाडौं— दुर्गा प्रसाईंलाई फेरि प्रहरीले पक्राउ गरेको छ । कीर्ते कागजात बनाएर प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पटक पटक अभिव्यक्तिका कारण विवादमा आउने प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरण सामाजिक सञ्जालमा भाइरल भएका छन् । प्रारम्भिक जाँचका क्रममा प्रसाईंले सार्वजनिक गरेका स

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 611 पटक पढिएको
  • रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

    काठमाडौं— रोमानिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामा रहेका छन्।  लामाले रोमानिया पठाइदिने भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 211 पटक पढिएको
  • गृहमन्त्री लेखकलाई भेटेर एसएसबी महानिर्देशकले के भने ?

    काठमाडौं— गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल एसएसबीका बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो।भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए।गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिस

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 349 पटक पढिएको
  • घर झगडामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं–तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको बन्चरो प्रहार गरी हत्या गरेका छन्। घाइते अवस्थामा दमौली अस्पताल लगिएकी प्रतिक्षालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। हत्या अभियोगमा ओमनारायणलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धान अनुसार, घटना घरायसी विवादका कारण भएको बताइएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 581 पटक पढिएको
  • पुण्य गौतममाथि आक्रमणमा संलग्न दुईजना पुर्पक्षका लागि थुनामा

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ ।सो घटनामा प्रहरीले काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने सञ्जिव लामा र रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकण

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • 428 पटक पढिएको
  • कतारमा फरार अभियुक्त राई पक्राउ, नेपाल ल्याइयो

    काठमाडौं–मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त, ३८ वर्षीय गजेन्द्र वान्तवा राई, कतारमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा राईलाई कतारमा पक्राउ गरी मङ्गलबार नेपाल ल्याइएको हो।राईले २०७८ मङ्सिर ३ गते आफ्नी पत्नी शर्मिला तामाङ राईको हत्या गरेका थिए। त्यसपछि फरार रहेका उनलाई इन्टरपोलले २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो। कतारमा लुकिछिपी बस्दै आएको जानकारी पाएपछि नोटिस जारी गरी खोजी गरिएको थियो।धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियुक्त रा

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 476 पटक पढिएको
  • ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

    काठमाडौं–रूपन्देहीको कञ्चन गाउँपालिका–४ का ४५ वर्षीय निर्मल थापालाई ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरिएको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 455 पटक पढिएको
  • चाल्नाखेलमा महिलालाई बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं–चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–४ का ३७ वर्षीय अमृत लामा र सोही नगरपालिका–२ की २७ वर्षीया कविता परियार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।प्रहरीका अनुसार पीडित महिलाले विदेश जाने क्रममा चिनाएका एजेन्टले आफ्नो रकम लिई काम नगरेको भन्दै पक्राउ परेकाहरूले उनलाई बन्धक बनाएका थिए। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 401 पटक पढिएको
  • तस्करीको साढे २३ हजार किलो चिनी बरामद

    काठमाडौं— भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठूलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो।अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए।भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 521 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.