काठमाडौं–चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–४ का ३७ वर्षीय अमृत लामा र सोही नगरपालिका–२ की २७ वर्षीया कविता परियार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पीडित महिलाले विदेश जाने क्रममा चिनाएका एजेन्टले आफ्नो रकम लिई काम नगरेको भन्दै पक्राउ परेकाहरूले उनलाई बन्धक बनाएका थिए। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।