अपराध

    Showing 1,921-1,930 of 2,232 items.
  • अवैध पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं— रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र विभिन्न किसिमका लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत  नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्। गएराति साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट गएको गस्ती टोलीले  भारतीय नागरिक किशन कुमार लाई पक्र

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 237 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

    काठमाडौं— मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एनजल गुरुङ, साहिल राई, शिव शंकर चौधरी र भुपाल राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका–४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका—२ का २४ बर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगर सहित नि

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 365 पटक पढिएको
  • छिमेकीको हत्या गरी साधु भेष, १७ वर्षपछि पक्राउ

    काठमाण्डौ । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।छिमेकी ढोडा मुखिया बिनको बि.सं. २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकिछिपी रहेका थिए ।हत्यापश्चात् फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोका टोलीले सोमबार पर्साको वीरगन्जब

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 333 पटक पढिएको
  • तीनकुने घटनाः ट्राफिक लाइट तोडफोड गर्ने प्रहरीको नियन्त्रणमा

    काठमाडौं— चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक लाइट तोडफोड गर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । जडिबुटीमा रहेको एक घरमा समेत तामाङले आगजनी गरेको प्रहरीको भनाइ छ ।यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 390 पटक पढिएको
  • ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

    पाटन (ललितपुर) । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उनले जानकारी गराए ।‘बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बि

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 326 पटक पढिएको
  • सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढी नगरपालिका वडा नं. ७ गोलबजार स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलबस्ने २७ वर्षीय राम बिहारी साफी रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले जनाएको छ । प्रेम सम्ब्न्धमा रहँदा अन्तरङ्गसंग सम्बन्धीत तस्विर, भिडियो सम्बन्ध बिग्रिए पछि साफीले सामाजिक सञ्जालमा पोष्ट गरिदिने, पीडितका आफन्तलाई पठाइदिने धम्की दिने, दुःख हैरानी गरेपछि साइबर व्यूरोको कार्यालयमा गई जाहेरी दिएको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।जाहेरीका आधारमा खोजतलास गर्न

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 358 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

    काठमाडौं— झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज कुमार चौधरी,सनम तामाङ, निरज लिम्बु, सन्दिप मगर,आदित्या चौधरी,मनिष चौधरी, बेगराज लिम्बु, सागर राईु बिज्ञान साह, प्रकाश कुमार दाश, रितेश कुमार मण्डल र बिकी साह रहेका छन् ।२० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट  लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ईटहरी उप–महानगरपालिका–१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी–६ का २३ बर्षीय  सनम तामाङलाई २६

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 396 पटक पढिएको
  • वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

    काठमाडौं— आक्रर्षक तलबको प्रलोभनमा बैदेशिक रोजगारको लागि सर्बिया पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर महानगरपालिका वडा नम्बर– ५ का २८ वर्षिय सुरेश माक रहेका छन् । सर्बिया पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सीले जानकारी दिए । उनले पाँच जनाबाट ३५ लाखमा लिएपछि सम्पर्क विहीन भएका थिए ।पक्राउ परेका सुरेसलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमा

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 365 पटक पढिएको
  • सामाजिक संजालमा फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका—५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्री रहेका छन्  । राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।       यस सम्बन्

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 384 पटक पढिएको
  • तीनकुनेमा भएको राजावादी घटनामा संलग्न : थप २४ जना पक्राउ

    काठमाडौं— प्रहरीले काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।उनले भने, “उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 567 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.