काठमाडौं— चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक लाइट तोडफोड गर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार तामाङलाई भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । जडिबुटीमा रहेको एक घरमा समेत तामाङले आगजनी गरेको प्रहरीको भनाइ छ ।

यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।