काठमाडौं— सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढी नगरपालिका वडा नं. ७ गोलबजार स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलबस्ने २७ वर्षीय राम बिहारी साफी रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले जनाएको छ । 

प्रेम सम्ब्न्धमा रहँदा अन्तरङ्गसंग सम्बन्धीत तस्विर, भिडियो सम्बन्ध बिग्रिए पछि साफीले सामाजिक सञ्जालमा पोष्ट गरिदिने, पीडितका आफन्तलाई पठाइदिने धम्की दिने, दुःख हैरानी गरेपछि साइबर व्यूरोको कार्यालयमा गई जाहेरी दिएको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।

जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा साफी रहेको खुल्न आएको प्रहरीले जनाएको छ । साफीलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौंको आदेशले ४ दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।