अपराध

    Showing 1,881-1,890 of 2,120 items.
  • १० किलो गाँजासहित तीन भारतीय पक्राउ

    बारा—  बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रष्टोकाबाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्ला

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 344 पटक पढिएको
  • सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

    तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा,

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 285 पटक पढिएको
  • झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जना पक्राउ

    विराटनगर :झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई  स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का 

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 321 पटक पढिएको
  • स्वकीय सचिब पोखरेललाई पक्राउ गर्न अदालतको आदेश

    बिराटनगर  ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई  पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 384 पटक पढिएको
  • नक्कली इन्स्पेक्टर पक्राउ

    काठमाण्डू :  नेपाल प्रहरीको नक्कली इन्स्पेक्टर बनी ठगी गर्ने कार्यमा संलग्न काठमाण्डूका ३८ बर्षिय सुदीप थापा र सप्तरीका ४४ बर्षिय किशोर कुमार चौधरी पक्राउ परेका छन । उनीहरुको साथबाट प्रहरी निरीक्षकको परिचय पत्र  १ थान, प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो ४ थान र ओप्पो मोबाइल १ थान समेत बरामद गरेको छ ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 218 पटक पढिएको
  • बलत्कारी वार्डध्यक्ष जेल चलान

    राजबिराज :युवतीलाई बलात्कारपछि हत्या गरेको र नाबालकलाई बेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले वडाध्यक्ष साह सहित दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि वडाध्यक्ष साह सहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 255 पटक पढिएको
  • दाङमा सामूहिक बलत्कार

    घोराही :दाङको तुलसीपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पुस १३ गते ती बालिका र एक किशोर तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ फुटबल मैदान अगाडि जंगलमा गएका थिए।उनीहरू कलिलै उमेरमा प्रेममा रहेको स्रोतको भनाइ छ।उनीहरू जंगल पुगेपछि एकाएक त्यहाँ थप तीन जना किशोर आए र घेरा हाले। उनीहरूले ती बालिकासँगै गएका किशोरलाई बाँधे। र, बालिकालाई केही पर जंगलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 251 पटक पढिएको
  • इट्टाभट्टा ब्यबसायीको शव गाडिएको अबस्थामा फेला परयो

    बर्दीबास :सर्लाहीमा इँटा व्यवसायीको शव उखुबारीमा गाडेको अवस्थामा फेला परेको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव शनिबार उखुबारीमा गाडेको अवस्थामा फेला परेको हो ।परिवारजनका अनुसार उनी पाँचदिनदेखि बेपत्ता थिए । खोजीको क्रममा हरिवन नगरपालिका–१० मा रहेको उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 282 पटक पढिएको
  • होटलमा मृत भेटिएकी युवतीसंग बसेका फरार युबकपनि मृत भेटिए

    काठमाण्डू :काठमाण्डूको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन्।गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा देवकुमार थापा  फेला परेका हुन्।थापा नयाँ वर्षको अघिल्लो दिन खड्कासँग सोही होटलमा राति बसेका थिए। त्यसपछि खोजी गर्ने क्रममा थापा पनि मृत फेला परेका हुन्।युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । होटलमा मृत फेला परेकी खड्का पनि जापनिज भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । य

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 315 पटक पढिएको
  • मोरङमा २३ किलो गाँजासहित तीनजना पक्राउ

    बिराटनगर :मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयले २३ किलो लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ का ३० वर्षीय मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल कुमार पासवान, र भारतको अररिया जिल्लाका १९ वर्षीय मुन्ना कुमार पासवान रहेका छन्।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 445 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.