बिर्तामोड, झापामा दिनदहाडै ढोका फोरी २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
सोमबार दिउँसो बिर्तामोड नगरपालिका वडा नं. ४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको मौका पारी चोरहरूले घरको पहिलो तलाको मूल ढोकाको ताला फुटाएर चोरी गरेका हुन्।

चोरी भएका सामग्रीमा नगद ७० हजार रुपैयाँ, सुनको ५ तोला ढिक, एक थान सुनको ब्रासलेट, २ थान सुनको सिक्री, २ थान औठी, ४ आनी चन्द्रमा, र ५ तोला ४ आनी वजनको सुनको हार लगायतका सामाग्री समावेश छन्। कुल चोरीको रकम अन्दाजी २९ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बिर्तामोड प्रहरी कार्यालयबाट अनुसन्धान टोली खटाइएको छ र चोरहरूको पहिचान र पक्राउका लागि कडा प्रयास भइरहेको बताइएको छ।