काठमाडौं— सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सजाद अन्सारी रहेका छन ।
बैशाख १८ गते अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरीचौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।