काठमाडौं— झापा र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधी र ब्राउन सुगरसहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो चेकजाँचको क्रममा बिराटनगर–१२ का ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप–महानगरपालिका–५ का ३४ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर–८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा(३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे–८ का २५ वर्षीय विक्रम विश्वकर्मालाई प्रतिबन्धित औषधी-ESKUF DX-७ थान बोतल, CARISPAS-६ ट्याब्लेटसहित पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका—१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरले पाँचथर फिदिम नगरपालिका–२ का २२ वर्षीय मिलन परियार र फाल्गुनन्द गाँउपालिका–३ का २४ वर्षीय सन्त बहादुर लामालाई २ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर र औषधी नाईट्राजापाम–९ टयाब्लेटसहित नियन्त्रणमा लिएको छ प्रहरीले जनाएको छ ।