अपराध

    Showing 1,871-1,880 of 2,232 items.
  • सुधार केन्द्र कि यातना गृह ? युवकलाई कुटेको भिडियो भयो भाइरल

    काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा भर्ना भएका एक व्यक्तिहरूलाई शारीरिक यातना दिएको भिडियो बाहिरिएको छ । सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको भिडियो सार्वजनिक भएको हो ।सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त भिडियोको दृश्यमा एक युवकलाई चार जनाले समातेर सेतो लाठीले पैतलामा हानेको दृश्य देखिन्छ ।अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको चारैतिर आलोचना भइरहेको छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।उक्त सुधार केन्द्रको उद्घाटन गौर नगरपालिका नगरप्रमुख शम्भु साहले गरेका थिए । त्यहाँ भर्ना भएका व्यक्तिहरूलाई यातन

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 413 पटक पढिएको
  • झापामा प्रहरीले चलायो दुई राउण्ड गोली,झोला छाडेर तस्कर फरार

    झापा – झापामा लागुऔषध तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाएको छ। तर गोली चलाइए पनि ती व्यक्ति फरार भएका छन्।सोमबार बिहान करिब ८:४५ बजे झापाको कनकाई नगरपालिका–५ स्थित चाप्रामारी नजिकैको सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले सवारी चेकजाँच गरिरहेको थियो। त्यसक्रममा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्तिलाई रोक्न खोज्दा उनी आफ्नो झोला र मोटरसाइकल छाडेर भागेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार फरार व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। यद्यपि, ती व्यक्ति प्रहरीको निगरानीबाट उम्किन सफल भए। छाडिएको झोल

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 281 पटक पढिएको
  • सर्लाहीमा दाइजोमा कुरा नमिल्दा हिंसामा परिन कन्चन

    काठमाडौं— विगत केही बर्षदेखि  दाइजोको कारण घरेलु हिंसामा परेकी कञ्चन रौनियार्  न्यायको पर्खाइमा छिन्। तर् न्यायलयले भने अझै न्याय् दिन सकेको छैन् । सर्लाहिको हरिवन नगरपालिकाका  नयाँरोड भएको रोहित गुप्ता सङ्ग कन्चनको बिवाह  भएको थियो । उनिहरुको प्रेम बिवाह भयतापनि दाइजोमा कुरा नमिल्दा कञ्चन् माथि घरेलु हिंसा सुरु भएको उनी बताउछिन् ।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 441 पटक पढिएको
  • अवैध रकम ९५ लाख १७ हजार पाँच सयसहित चार जना पक्राउ

    काठमाडौं— प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम सहित पक्राउ गरेको एसपी बोहर

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 268 पटक पढिएको
  • शिक्षकलाई खुँडा हानेर फरार विद्यार्थी पक्राउ

    काठमाडौं— दाङमा विद्यार्थीले शिक्षकलाई खुँडा प्रहार गरी फरार भएका छन् । पक्राउ पर्नेमा कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश वि.क रहेका छन् ।तुलसीपुर उपमहागनरपालिका–६ रजौरास्थित हिमाल एकाडेमीमा शिक्षकमाथि खुँडा प्रहार गरेर फरार रहेका कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश वि.कलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते शुक्रबार बिहान सवा ९ बजेतिर शिक्षक बिशेष श्रेष्ठमाथि विद्यालयमै खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारपछि फरार रहँदै आएका बिकलाई प्रहरीले शनिबार राति तुलसीपुर–४ को हलवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकार

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 482 पटक पढिएको
  • गोरुको मासुसहित पाँच जना पक्राउ

    काठमाडौं— झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह–१ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।उनीहरुले गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बरऔ १ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा पक्राउ परेका हुन्।गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह– १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए।त्यसपछि लिम्बूको घरम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 474 पटक पढिएको
  • सिम्रौनगढका मेयरले नगद नपाएपछि अफिसर कुटे भन्ने समाचार बाहिरिए पछि यसो भन्छन् मेयर

    बारा - मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोल

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 524 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरी हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— काभ्रेपलाञ्चोक भुल्मु गाउँपालिका वडा नं. १० का स्थायी घर ४३ वर्षीय माइला भन्ने बिक्रम तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी वडा नं. ७ घर भई काठमाडौंको डल्लुमा बस्ने २२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।काठमाडौं वडा नं. २० स्थित परोपकार पुलमुनी बैशाख १६ गते माइला तामाङको धारिलो हतियार प्रहार घाइते भएकोमा उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा सोही दिन मृत्यु भएको अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।  आरोपित श्रेष्ठबाट चक्कु, सामसुङको मोबाइल एक थान, झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको म

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 323 पटक पढिएको
  • मेयरविरुद्ध बालिका बलात्कारको जाहेरी परेपछि...

    काठमाडौं— सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ। १८ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मेयर अधिकारी दनुवारविरुद्ध जल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी परेको हो । उनले दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी बालिकालाई करणी गरेको भनी जाहेरीमा उल्लेख छ । बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको गम्भीरता हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले भने, “हामीले घटनाको प्रारम्भिक अनुसन्धान थालेका छौं । पीडितको स्वास्थ्य त

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 422 पटक पढिएको
  • प्रिशा शाह मृत्यु प्रकरणः ओडिसा प्रहरी के भन्छ ?

    काठमाडौं— नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरी कमिस्नर एस देवदत्त सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् । कमिस्नर सिंहका अनुसार फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ । प्रहरीका अनुसार प्रिशा मृत्यु प्रकरणमा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएर अनुसन्धान सुरु गरेको थियो । प्रिशाको शव अ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 435 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.