काठमाडौं— काभ्रेपलाञ्चोक भुल्मु गाउँपालिका वडा नं. १० का स्थायी घर ४३ वर्षीय माइला भन्ने बिक्रम तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी वडा नं. ७ घर भई काठमाडौंको डल्लुमा बस्ने २२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।

काठमाडौं वडा नं. २० स्थित परोपकार पुलमुनी बैशाख १६ गते माइला तामाङको धारिलो हतियार प्रहार घाइते भएकोमा उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा सोही दिन मृत्यु भएको अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।  आरोपित श्रेष्ठबाट चक्कु, सामसुङको मोबाइल एक थान, झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स बरामद गरिएको प्रहरी उपरीक्षक अंगु जिसीले जानकारी दिए । 

श्रेष्ठलाई ज्यान मार्ने कसुरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त जनसेवामा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।