काठमाडौं— दाङमा विद्यार्थीले शिक्षकलाई खुँडा प्रहार गरी फरार भएका छन् । पक्राउ पर्नेमा कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश वि.क रहेका छन् ।
तुलसीपुर उपमहागनरपालिका–६ रजौरास्थित हिमाल एकाडेमीमा शिक्षकमाथि खुँडा प्रहार गरेर फरार रहेका कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश वि.कलाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख १९ गते शुक्रबार बिहान सवा ९ बजेतिर शिक्षक बिशेष श्रेष्ठमाथि विद्यालयमै खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारपछि फरार रहँदै आएका बिकलाई प्रहरीले शनिबार राति तुलसीपुर–४ को हलवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ परेका विद्यार्थीले फागु पूर्णिमाको दिनमा शिक्षक श्रेष्ठले आँफुमाथि बिद्यालयमै कुटपिट गरेको र त्यो कुटपिटपछि आफूले एउटा कान सुन्न छोडेको हुँदा त्यसको बदला लिन खुँडा प्रहार गरेको प्रहरीमा प्रारम्भिक बयान दिएको प्रहरीले जानकारी दिएको छ ।
प्लस टु संयोजक समेत रहेका शिक्षक श्रेष्ठमाथि धारिलो हतियार खुँडा प्रहार गर्दा कुम, दुबै हात लगायत शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शिक्षक श्रेष्ठ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।