काठमाडौं— सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ। १८ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मेयर अधिकारी दनुवारविरुद्ध जल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी परेको हो । 

उनले दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी बालिकालाई करणी गरेको भनी जाहेरीमा उल्लेख छ । बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको गम्भीरता हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । 

जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले भने, “हामीले घटनाको प्रारम्भिक अनुसन्धान थालेका छौं । पीडितको स्वास्थ्य तथा सूरक्षा प्राथमिकतामा राखिएको छ।” प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षणलगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएकोले मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । अधिकारी दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।