अपराध

    Showing 1,861-1,870 of 2,232 items.
  • विभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषधी र ब्राउन सुगर सहित १२ जना पक्राउ

    विराटनगर— विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप(महानगरपालिका—१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय  मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३  हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट र DIAZEPAM-३०  एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर—१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी—४ का  १९ वर्षीय हेमराज बिश्वकर्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 475 पटक पढिएको
  • मोतीहारीमा ४ जना चिनीया नागरिक पक्राउ

    रौतहट २५बैशाख। भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनीया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखानालाई बताए ।भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा  अवैध रूपमा भारतीय क्षेत्र

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 316 पटक पढिएको
  • ४० लाख हुन्डीको रकमसहित विशाल बजार दुई जना पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 339 पटक पढिएको
  • राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ६ को अवस्था गम्भीर घाइते

    मकवानपुर— मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।राक्सिराङ–९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बुधबार बिहान सवा ८ बजे दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काका अनुसार घाइते सबैको उद्धार गरी तत्काल उपचारका लागि मनहरी अस्पताल पठाएको छ। दुर्घटनामा गम्भीर घाइते हुनेमा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, अन्दाजी ७५ वर्षीय डिलबहादुर घलान, र उनको ७० वर्षीया श्रीमती फुलमाया घलान पनि

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 283 पटक पढिएको
  • शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरे, कानुनविदको टोलीसहितले मिलापत्र गर्न पीडित पक्षलाई दबाब

    काठमाडौं—  काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ । १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही स्कुलका प्रशासन तर्फ परीक्षा विभागमा ५४ वर्षीय शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।बालिकालाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।सुवेदीविर

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 347 पटक पढिएको
  • लागूऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ

    विराटनगर— सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका—३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर(१५ स्थितबाट बेलबारी नगरपालिका४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 303 पटक पढिएको
  • अबैध लागू अौषधसहित ७ जना पक्राउ

    काठमाडौ ।नेपाल प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरेको छ।उनिहरुलाई  विशेष सूचना प्राप्त भएपछि देशका विभिन्न जिल्ला र नगरहरूमा छापामारी गर्दै लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुनसरी, धरान उपमहानगरपालिका-४ लामाचौरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, विराटन

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 470 पटक पढिएको
  • क्रोयशिया पठाईदिन्छु भन्दै ठग्ने ब्यक्ति पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई  प्रहरीले पक्राउ गरेको छ । स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 401 पटक पढिएको
  • तीनकुने संलग्न आरोपमा खेमराज सेढाईं पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७२ वर्षीय खेमराज सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई सुकेधाराबाट पक्राउ गरेको हो ।सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 420 पटक पढिएको
  • सुधार केन्द्रमा युवक कुटपिटको भिडिओ ७ महिना पुरानो भएको प्रहरीको खुलासा

    काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।  २० देखि ४० सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् । अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा प्रहार गरिरहेको देखिन्छ ।उक्त घटना भएको भिडियो कम्तीमा सात–आठ महिना पुरानो भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।'सात–आठ महिना अघिको भिडियो अहिले पोष्ट भएको रहेछ'  उनले भने,  ।प्रहरीका अनुसार कुटपिटमा संलग्न

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 301 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.