काठमाडौं— काठमाडौंको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७२ वर्षीय खेमराज सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई सुकेधाराबाट पक्राउ गरेको हो ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।