अपराध

    Showing 1,771-1,780 of 2,232 items.
  • ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ

    मोरङ— मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ५५ बर्षीय एसराज लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई पक्राउ गरेको छ । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 305 पटक पढिएको
  • डाँकाको समूह घरमा पसेर गर्यो लुटपाट, घरधनीको हत्या

    सप्तरी— जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा डाँकाको एक समूहले एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ।बिहीबार राति डाँकाको एक समूह कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।प्रहरीका अनुसार चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ। घटनापछि डाँकाहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 326 पटक पढिएको
  • निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा चार जना पक्राउ

    काठमाडौ— जिल्ला प्रशासन काठमाडौले २०८२ जेठ १९ गते लागु हुने गरी सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको थियो । निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै विहीबार प्रदर्शन गर्ने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रबि किरण हमालले जानकारी दिए । उनका अनुसार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा सन्देश शाही,  पारस शाही,  पवन मल्ल र  किशोर ठकुरी प्रहरीले पक्राउ गरी प्रह

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 412 पटक पढिएको
  • कुटपिटबाट घाइते किशोरको मृत्यु

    दाङ— तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 263 पटक पढिएको
  • बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोेभनमा पारी विदेश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोेभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय बिर बहादुर घिसिङ र ३९ वर्षीय दिनेश खड्का रहेका छन्।उनीहरुले बैदेशिक रोजागारमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा आज विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । बिर बहादुर घिसिङले नर्वे र डेनमार्क पठाईदिन्छु भनी २ जनाबाट पाँच लाख दश हजार रकम मागे

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 311 पटक पढिएको
  • जिस्किँदा-जिस्किदै एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएपछि...

    विराटनगर— मोरङमा एक व्यक्तिले जिस्किदाजिस्किदै सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् । बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानका

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 300 पटक पढिएको
  • दाइजको नाममा पीडा, मेरो संघर्ष र न्यायको खोजी अन्यायको पनि हद हुन्छ हैन र?

    मैले यो सर्लाहीमा कहिले न्याय पाउने सबै कुरा पैसा र पावरले दबाउन खोज्दैछन् । मेरो जीवनलाई बर्वाद  गरिदिए, आखिर कति सहने मैले  मलाई यो न्यायको लडाइँमा तपाईंहरूको साथ र सहयोग चाहिन्छ।म कंचन रौनियार माइती मोरङ, मेरो विवाह सामाजिक परम्परा अनुसार सर्लाही, नयाँरोडका मुन्ना भन्ने रोहित गुप्तासँग २०७९असार १० मा सम्पन्न भएको थियो। बिहेमा करिब ६५–७० लाख रुपैयाँ खर्च भएको थियो, जसमा दाइजो नगद १५ लाख, १८–२० बराबरको सुन, चाँदी, हिरा, र सम्पूर्ण घरायसी सामानहरू ९फ्रिज, टीभी, किङ साइज बेड, डाइनिङ टेबल, वाशिङ मेशिन, हिटर, गिजर, माइक्रोवेभ, ग्लास टेबल, सोफा, ड्रेसिङ टेबल, भान्साका सबै सामग्री,एक ट्रं

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 725 पटक पढिएको
  • अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा १७ जना पक्राउ

    काठमाडौं— अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । आरोपीहरूले आइपिएल खेलको सट्टेबाजी गराएका हुन् । पक्राउ पर्नेमा अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुर महता, कैलाली घर भएका २१ वर्षीय अरविन कुमार खड्का, दाङ घर भएका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर, तिलक खड्का, पुर्व नवलपरासीका जीत बहादुर महतो, डोटीका सुवास खड्का र अछामका विकाश थ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 298 पटक पढिएको
  • सर्लाहीको हरिवनमा प्रहरीको आँखै अधि फरार अभियुक्त तर प्रहरी मौन कञ्चन रौनियार न्यायको लागि भौतारिदै।।।

    कञ्चन रौनियार भन्छन म माथि अन्याय भयो तर न्याय पायन उनि भन्छन : मेरा श्रीमान्सँग हाम्रो विवाह २०७९ सालको असार १० गते भएको थियो। विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा कागजात निर्माण लगायत मुद्दा दर्ता गरें। मेरो बारेमा मेरो श्रीमान् मुन्‍ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गर

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 1,479 पटक पढिएको
  • सहायता सामग्री लिन भेला भइरहेका प्यालेस्टिनीको भिडमा इजरायलको आक्रमण, २६ जनाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्रनजिकै इजरायली ट्यांकबाट गोलाबारी हुँदा २६ जनाको मृत्यु तथा १५० जना घाइते भएका छन्। रफाहका स्थानीय पत्रकार मोहम्मद घरिबले अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्रनजिकै हजारौँ प्यालेस्टिनी भेला भइरहेका बेला इजरायली ट्यांकले अन्धाधुन्द गोलाबारी गरेको बताएका छन्। आक्रमणपछि मृतक र धेरै घाइतेलाई गधा गाडामा राखेर अल(मवासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको बताइएको छ।मोहम्मद घरिबले भनेका छन्, ‘लास र घाइतेहरू लामो समयसम्म भुइँमा लडिरहेका थिए। इजरायली नियन्त्रणमा रहेकाले उद्धार टोली उक्त

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 516 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.