मोरङ— मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ५५ बर्षीय एसराज लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई पक्राउ गरेको छ । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।