मैले यो सर्लाहीमा कहिले न्याय पाउने सबै कुरा पैसा र पावरले दबाउन खोज्दैछन् । मेरो जीवनलाई बर्वाद गरिदिए, आखिर कति सहने मैले मलाई यो न्यायको लडाइँमा तपाईंहरूको साथ र सहयोग चाहिन्छ।
म कंचन रौनियार माइती मोरङ, मेरो विवाह सामाजिक परम्परा अनुसार सर्लाही, नयाँरोडका मुन्ना भन्ने रोहित गुप्तासँग २०७९असार १० मा सम्पन्न भएको थियो। बिहेमा करिब ६५–७० लाख रुपैयाँ खर्च भएको थियो, जसमा दाइजो नगद १५ लाख, १८–२० बराबरको सुन, चाँदी, हिरा, र सम्पूर्ण घरायसी सामानहरू ९फ्रिज, टीभी, किङ साइज बेड, डाइनिङ टेबल, वाशिङ मेशिन, हिटर, गिजर, माइक्रोवेभ, ग्लास टेबल, सोफा, ड्रेसिङ टेबल, भान्साका सबै सामग्री,एक ट्रंक सामान र लत्ताकपडा ममी–बुवाले श्रीमान् र उहाँको परिवारको मागअनुसार दिनुभएको थियो। हाल ती दाइजोमा दियको सबै कुराहरु उहाँहरूको साथमै छ।
बिहेपछि केही समय मलाई सबैले माया गरे जस्तो गरे। तर एक–दुई महिनापछि फलानोले ५० लाख दाहिजो दिदै थियो, तँ बाट के पायौ भनी ५० लाख दाइजो घरबाट मागेर लिएर आईजा भनेर मलाई निरन्तर कुटपिट र मानसिक यातना दिन थालियो।
मैले विवाहजस्तो पवित्र सम्बन्ध टुट्न नपरोस् भनेर सबैकुरा सहेर बसिरहे। तर मलाई सबै जना मिलेर दिनरात यातना दिइयो।
दिनरात सबैको यातना सहदै बस्नु पर्यो। कुटपिट गरेर घाउ समेत बनाइदिनुभयो सबै परिवारले, सासु ससुराले मेरो श्रीमानलाई अर्को बिहे गरेर धेरै दाइजो लिएर आइज भनेर मेरो श्रीमान् लाई दबाब दिन थाल्नु भयो । मेरो बुबा–आमाले इजत नजाओस् भनी कसैलाई हल्ला नगरी घरमा आएर मेरो छोरीलाई न कुट्नु न पिट्नु हिंसा न गर्नु भन्दा उल्टै ५० लाख डिमान्ड गर्नु भयो, नत्र तेरो छोरी मार्दिन्छु भनी जहिले धम्क्याउनु हुन्थ्यो ।
पटक पटक माइतिमा आमाबुवा लाई संपर्क गर्न खोज्दा , मेरो मोबाइल खोसियो, र मेरो परिवारका सम्पूर्ण आफन्तको नम्बर ब्लक गरेर संपर्क विहिन गराइदिनु भयो ।
२०७९ को तिहार र छैठी माता पुजापछि मलाई कुटेर घरबाट निकालिदिनुभयो, त्यसपछि म माइतीको शरणमा पुगे। मेरो श्रीमान् र श्रिमानको परिवारले ३ महिना सम्म सम्पर्क गर्नु भएन। मैले मलंगवाको माइती नेपालमा गुहार लगाउँदा कुनै सहयोग पाइँन। अतः त्यसपछि बरहथवाको समाज र उहाँ को आफन्तलाई गुहार लगाउँदा उहाँ को घर मा पञ्चायती बस्नु भयो , तर त्यहाँ म सँग भएको हिंसा को केही कारवाही र फैसला न भई उल्टै मलाई दबाइयीयो ।
यति शम्म अत्याचार भइरहँदा मैले आवाज उठाउँदा बरथवा रौनियार समाजलें उल्टै आवाज नउठाऊ भनी दबाउनु भयो , मेरो माइती लाई उहाँहरु को निर्णयले चित्त नबुझ्दा , मेरो ज्यानको सुरक्षा नहुँदा मलाई माइती लानु भयो , तर मेरो सासु ससुरा तथा श्रीमान् लें रोक्नु भएँन र मेरो माइती लें मलाई लिएर घर आउनुभयो।
मेरो श्रीमान को इच्छा अनुसार विदेश जान लाई बिहे गरेको केही दिन मै पिटी क्लास उहाँले जोइन गरिईदिनु भएको थियो, र म बाध्य भएर माइती गएर त्यही क्लास पिटी गर्न थाले , २०७९ माघ ६ गते , मेरो परीक्षा थाहा पाउनासाथ मेरो श्रीमान् मलाई लिन माइती आउनु भयो । मैले र मेरो परिवारले अब सुध्रिनु हुन्छ होला कि भनेर फेरि मौका दिने निर्णय गर्यौं।
परीक्षा सकेर ससुराली पुगेको केही दिनमै विदेश जानको लागि भन्दै श्रीमान् र सासुससुराले मेरो माइतीमा पैसा माग्न थाल्नुभयो र त्यसकै बहानामा मलाई फेरि कुटपिट गर्न थाल्नुभयो। बाध्य भएर मेरो माइती पक्षले १० लाख रुपैयाँको चेक र ६ लाख रुपैयाँ नगद उपलब्ध गराउनुभयो।
तर पछि भिसा नलागेपछि उहाँहरूले मलाई अब तँलाई हामी राख्दैनौं भन्दै फेरि एकपटक पूर्ण रूपमा हिंसा गर्न थाल्नुभयो — कुटपिट, गालीगलौज, मानसिक र शारीरिक यातना दिनुभयो। माइतीबाट ल्याएका सुनका गहना सबै खोस्नुभयो। मलाई एउटा जोडी कपडामात्र लगाएर अभद्र व्यवहारका साथ घर निकाला गरियो।
अन्ततः म फेरि बाध्य भएर आफ्नो माइतीको शरणमा फर्किनुपर्यो।
केही महिनापछि मलाई जानकारी नगराई उहाँहरूको मिलेमत्तोमा मलाइ अंश नदिनको लागि सासु, ससुरा, दुइटा नन्द र श्रीमानबीच अंश बाँडफाँड गरेर डिभोर्स केस फाइल गर्नुभयो। अंश बाडफाँड गरेको जानकारी मलाई गर्नु भएको थिएन।
सहन नसकेर म हरिवन इलाकामा गएर मलाई दाहिजोको लागी घरेलु हिंसा भयो, मलाई न्याय दिनु भनेर गुहार गर्दा उहाँहरु लें न्यायिक समिति पठाउनु भयो, त्याहाँ मैले मलाई हिंसा नगरी मलाई इज्जत साथ खाना, लाउन र बस्न दिनु भनेर निवादेन दिएको थिएँ। बैठकमा समाज, दुबै परिवार(सबैजना उपस्थित हुनु भएको थियो । अन्त्यमा सल्लाह–मिलापत्र र बिहे दर्ता बनाउने भनेको थियो। तर त्यसैबीचमा म सँग एकदमै नराम्रो व्यवहार भयो। हरिवन न.पा ११ का वडा अध्यक्ष शेख मेहेबुब, रोहित गुप्ता विशाल गुप्ता रोहितको विनाजु राजेन्द्र गुप्ता रोहितको मामा मेरो सासु–ससुरा र केही अन्य महिलाहरू मिलेर मलाई ूकाम छ, बाहिर हिँड एकछिनू भन्दै न्यायिक समितिबाट क्लिनिक लगेर जबरजस्ती प्रेग्नेंसी टेस्ट गर भन्नु भयो। मैले म महिनावारीमा छु भन्दा पनि उहाँहरूले कित टेस्ट गर, कित कपडा खोलेर देखा भनेर दबाब दिनुभयो।
मलाई दबाब दिएपछि मैले ूम केही गर्दिनँ, म जान्छु भनेँ, तर जबरजस्ती मेरो तल्लो सबै कपडा खोलेर सुरुवाल–पेन्टी प्याड–रगत हेरियो। अनि बल्ल मलाई छोड्नुभयो र म रुँदै कराउँदै त्यहाँबाट भागेर न्यायिक समितिमा गएर सबैलाई भनेँ मसँग यस्तो व्यवहार भयो भनेर। तर त्यहाँ पुलिस, न्यायिक समिति र समाज कसैले पनि मलाई कुनै सहयोग र उहाँहरुलाई कुनै कारवाही गर्नु भएन। उल्टै ढिलो भयो आज प्रक्रिया रोकिन्छ, अब दुबै पक्ष आइतबार १० बजे आउनूू भन्दै घर पठाइदिनुभयो।
मसँग यति सम्मको अत्याचार हुँदा पनि समाजले के हेरिरह्यो कानुनले के हेरिरह्यो न्यायिक समिति, जहाँ पीडितले न्याय खोज्न जान्छन्, त्यहाँ नै यति धेरै अन्याय हुन थालेपछि म जस्तो पिडीतहरु कहाँ जाने
त्यहाँबाट कुनै सहयोग नपाएपछि उल्टै मेरो इजतमा दाग लगाउने कामहरू मात्रै भयो। त्यस कारण मैले मलंगवा जिल्ला अदालत गएर घरेलु हिंसामा मुद्दा दर्ता गरे र सुरक्षाका साथ घर बस्ने अर्डर लिएर आय।झन वडा नगरपालिका र इलाकामा पत्र पनि बुझाएँ। तर घर प्रवेश गराइदिनु भन्दा, पहिले बैठक बस्नु पर्छ भन्दै फेरि मेरो श्रीमानलाई भडकाउने काम सुरु भयो।
म ६ महिना शम्म पुलिस प्रशासन मा पटक पटक गएर न्यायको गुहार लगाए मलाई ईलाकाबाट यो मिति मा आउनूू बैठकको लागि भनी फिर्ता पठाउनु हुन्थियो। तर ऐक पल्ट पनि उहाहरूलाई उपस्थित गराउनु भएन।
सबैजानाको मिले मत्तोमा श्रीमान पक्षलाइ यती समय दिइयो कि उहाँहरूले निषेध आज्ञा लिँदै आउनुभयो।
त्यसपछि जबसम्म निषेध आज्ञा खारेज हुँदैन, तब सम्म हामी केही गर्न सक्दैनौं भन्दै फेरि पनि मलाई दबाउने र उहाहरुलाई बचाउ गर्ने काम सुरु भयो। मैले जनकपुर गएर निषेध आज्ञाको प्रत्रिउत्तर लगाएँ। ४ ५ महिना बितिसक्दा पनि पेशी नचढेपछि के कारण रोकियो भनेर बुझ्दा नगरपालिकाको रवडाको पत्र बीचमा नै गायब भएको जवाफ दिनुभयो। अनि कति सम्मनको लापरवाही भएको कानूनका कर्मचारीहरू पनि यहाँ एउटा पीडित महिनौं देखि न्यायको लागि यता उता गुहार लगाउँदा पनि कसैलाई केही फरक परेन। यति शम्मः को लापरवाही भयो सबै जनाको मिलेमत्तो मा मेरो केस दबाउन खोज्नु भयो ।
अन्ततःदबाब दिएपछि नयाँ पत्र तमिल गर्नुभयो र मैले निषेध आज्ञा खारिज गराएर ल्याएँ।
निषेध आदेश खारेज गराएर जाँदा समेत प्रहरीले सहयोग नगरेपछि मैले आफ्नो सुरक्षाका लागि क्यामेरा अन गरेर घर गएको थिएँ। घर पुगेपछि मलाई मेरी सासू, ससुरा, नन्दलगायत सबैले कुटपिट गरे र फेरि दइजोको विषय निकालेर मानसिक तथा शारीरिक यातना दिन थाले।
त्यसपछि त्यहाँको समाजले प्रहरी बोलायो तर प्रहरीले मेरी नन्दलाई भगाएर सासू ससुरा मात्रै लैजाने काम गर्यो। उनीहरूलाई एक रात राखेर भोलिपल्ट घर राख्ने मिलापत्र गराइदिए। तर फेरि म २० गते घर जाँदा मलाई हातपात गर्दै दाइजो नलिएर आइस्,े हामी राख्दैनौं” भनी धम्की दिए। “यहाँ बसिस् भने तँलाई र तेरो बाउलाई चोरीको केसमा जेल हालिदिन्छौं” भनेर मानसिक यातना दिइयो।
त्यसपछि गाउँ समाजको बयान र प्रमाण अनुसार दाइजोको मुद्दा दर्ता भयो। त्यहि बेला दुध तताउन ग्यास बाल्दा आगो लाग्यो र मैले त्यही समय इन्स्पेक्टर अनिल राज गिरी सरलाई फोन गर्दा उहाँले “अदालत जानु, हामीलाई केही नभन्नु” भनेर झर्किएर फोन राखिदिनुभयो र हाम्रो पीडा सुन्नुभएन, त्यसैले म बाध्य भएर त्यो समयमा मेरो फेसबुक आईडी अर्पु रौनियार बाट म सगं भएको घटनाबारे लेखेर पोस्ट गरेँ र मिडियाको सहयोग लिएको थिएँ। त्यहाँ केही दिन बसेर उपचार गराउने भनेर वडामा सबै घर जाँच गराएर कागज बनाइ फर्किएँ। त्यसपछि मेरो श्रीमान्, सासू(ससुरा लगायत मिडियामा आए।
मेरो बारेमा मेरो श्रीमान् मुन्ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी रोहित गुप्ताबाट र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गरिएको झूटा कुरा र मिडियामा गएर मेरो बारेमा नभएको झूटा आरोप लगाएको करण मैले मानहानि र बिधसतिय अपराधको मुद्दाहरू हालेको थिए र सो मुद्दाहरूमा विराटनगर जिल्ला अदालतबाट न्याय पनि मिल्यो – विशेषगरी रोहित गुप्ता दोषी ठहरिए। तर, बाँकी मुद्दाहरू अझै ढिलाइमा छन् – पैसाको चलखेल, शक्तिको दुरुपयोग र प्रशासनको लापरबाहीका कारण अझै अल्झिएको छ, र केही महिना पछि दाइजोको मुचुल्का उठाउन घर अगाडि जाँदा घरको ताला सबै फोडिएका थिए र पुलिसलाई खबर पनि गर्देका थियौं। हामीलाई केस गर्ने भन्दै इलाकामा झुटो निवेदन लिएर जानु भएको रहेछ। तर भाग्यबस माईती जानु अघि वडामा कागज बनाएको कारण हामी माथि झुटो मुद्दा लागेन र हामी त्यहाँ फेरि वडामा एउटा कागज बनाएर फर्कियौं।
दाइजोको केसमा ससुरालाई मात्रै नियन्त्रणमा लिइयो तर सासू र श्रीमानलाई भने फेरि पनि भगाइयो र मैले त्यसमा पनि केही गर्न सकिनँ।
तर फेरि बिचमा मुन्ना गुप्ताको मौसा राम आधार शाहले दाइजोको मुद्दा किन हालेको अब तिम्रो नाममा पक्राउ पुर्जी ल्याउँछुू भन्दै फोन गरेर धम्की दिएका थिय। मेरी नन्द स्वयंले धम्क्याएको भ्वाइस रेकर्डिङ छ । जसमा यो केटीलाई मेरो दाइले राख्छ बरु घाँटि रेटेर झुण्डाइदिन्छ, तर राखोस् त मेरो दाइलेू भनेर हत्या गरेर आत्महत्या गरेको जस्तो देखाएर मुद्दा बन्द गराउने नियतले बोलेको शब्द — जुन मेरी नन्द स्वयंले मार्ने धम्कि दिएको स्पष्ट छ र मैले त्यो रेकडिर्ङ आफ्नो सुरक्षाको लागि मेरो फेसबुक आइडी अर्पु रौनियार बाट सार्वजनिक रूपमा अपलोड गरेकी थिएँ। तर त्यसैलाई आधार बनाएर प्रहरी प्रशासनसमेतको मिलेमतोमा पीडितमाथि नै मानहानीको मुद्दा दायर गरी मलंगवा जिल्ला अदालतबाट पक्राउ पुर्जी निकालेर मलाई दुःख दिने काम गरियो। त्यसपछि म आफै अदालत उपस्तित भएर राम आधारले अग्रिम नै पक्राउ पुर्जि ल्याउछु भन्दै धम्काको रेकर्डिङ नन्दले दाइजोको लागि दियको मार्ने धम्की र मलाई हिंसा गरेको प्रमाणहरू — सबै मैले अदालतमा बुझाएँ र बहस भएसी मैले तारिख पाए।
तर मेरो प्रश्न मलंगवा जिल्ला अदालत र प्रहरी प्रशासनप्रति यति मात्र हो
१ के कानुन अनुसार घाँटि रेटेर मार्ने धम्की दिने व्यक्तिलाई कारवाही हुनु पर्ने कि पीडित स्वयं, जसले आफ्नो सुरक्षाका लागि सत्य घटना समाज र समुदायसँग बाँडेर सहयोगको गुहार गर्छ, उसैलाई कानुनी कारवाहीमा पार्नु पर्ने हो?
२ सर्लाहीको कानुन कस्तो हो?
जब जब म सर्लाही जान्छु, त्यहाँ मुन्ना गुप्ताको परिवार – मामा, मैसा सबैले मिलेर मलाई र मेरो परिवारलाई ज्यान मार्ने धम्की दिनुहुन्छ। मलाई मार्ने धम्की दिइएको रेकर्डिङहरू, कुटेको प्रमाण, छाडा गालीगलौज गरिएको क्लिप, दाइजो माग गर्दै टर्चर दिनको लागि रेकर्ड गरेर पठाइएको क्लिप, विभिन्न शारिरिक र मानशिक दुःख र यातना दिइएको प्रमाणहरू हुँदा हुँदै पनि कानुन र प्रहरी प्रशाशन किन मौन छन मसँग प्रमाण हुँदा पनि कानुनबाट यति लापरबाही भइरहेको छ भने प्रमाण नै नभएका पीडित दिदीबहिनीहरूले मधेसमा कसरी न्याय पाउँछन्
कुनै महिलालाई मार्ने धम्की दिँदा पनि प्रहरी प्रशासन र कानुन चुप लाग्ने, अनि आफ्नो सुरक्षा को लागि त्यही प्रमाण बाहिर ल्याउँदा झूटा मुद्दा हालेर दुःख दिने कस्तो नियतको प्रशासन र अदालत हो म सर्लाही प्रहरी प्रशासनमा सहयोग माग्न जाँदा केटा पक्ष स्थानीय हो भनेर उल्टै मलाई नै धम्की र सतावट झेल्नुपर्छ र मानसिक रूपमा झन सताउने काम गरिन्छ। यस्तै कारणले पहिला पनि एक पटक मिडियामा आएर न्यायको लागि आवाज उठाएकी थिएँ र धेरै महिला अधिकारकर्मी र पत्रकार ज्युहरूले साथ दिनु भको कारण केही न्यायिक प्रक्रिया अघि बढेको थियो।
विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।
घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा क्रिते लिखित लगायत मुद्दा दर्ता गरें र मैले सम्बन्धित निकायहरूमा सुरक्षाको माग गर्दै तथा सहयोगको अनुरोध गर्दै निवेदनसमेत दिएको छु।
हाल झूटा कागजातहरू तयार पारेर मेरो चरित्र हत्या गर्न खोजियो। बेलबारी इलाका प्रहरी कार्यालयमा निवेदन दिएँ, त्यसपछि विराटनगर प्रहरी कार्यालयमा पनि। अनुसन्धानपछि प्रमाण फेला परे, मुद्दा दर्ता भयो र मुन्ना गुप्ता र सन्तोष गुप्ताको नाममा विराटनगर जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भयो। तर आज पनि मुन्ना गुप्ता र सन्तोष गुप्ताजस्ता दोषीहरू पक्राउ पुर्जी जारी हुँदाहुँदै खुलेआम हिँडिरहेका छन् – किनरु किनभने प्रहरीले नपक्रने बहाना बनाइरहेका छन्१ यो पुर्जी सर्लाही, रौतहट लगायतका प्रहरी कार्यालयमा पठाइएता पनि केही कार्वाही भने गरिएको छैन।
म स्वयं पीडित भएर उनीहरूलाई निगरानी गरेर प्रहरीलाई खबर गरे पनि, हरिवन प्रहरीले अनेक बहाना बनाएर — कहिले “इन्स्पेक्टर किशोर तामाङ सर रेस्टमा हुनुहुन्छ”, कहिले “सुत्नु भएको छ”, कहिले “बिहेमा जानु भएको छ”, कहिले “बिदामा हुनुहुन्छ” भन्दै एउटै फोनमा बहाना बाजी गरिएको स्पष्ट छ। र जनप्रतिनिधि वडाअध्यक्ष र ठूला नेताहरूले पीडकलाई समात्ने कुरामा उल्टै आपत्ति जनाएको कुरा पनि सहि साहेबले फोनमा स्वीकार गर्नुभएको छ। र अन्त्यमा उनीहरूलाई भाग्न सहयोग गरियो ९कल रेकर्डिङ छ०। यसले मलाई झन गहिरो पीडा दियो।
दुई महिना नाघिसक्दा पनि दोषीहरू पक्राउ पुर्जी जारी हुँदाहुँदै खुलेआम हिँडिरहेका छन् –
प्रहरी प्रशासनको लापरबाही, मिलेमतोको र ज्यान सुरक्छया नभएको कारण मैले मजबुर भएर विराटनगर र जनकपुर मानव अधिकार आयोगमा पनि निवेदन दिएकी छु।
कानून प्रमाणका आधारमा न्याय दिनुपर्ने हो। तर प्रमाणसहित उजुरी दिएर पनि कानुन मौन बस्नु पीडकलाई संरक्षण दिने कार्य हो। यस्तो अवस्थामा म जस्ता महिला कसरी सुरक्षित महसुस गर्न सक्छौंरु
१ मिडियामा आएर न्याय माग्दा मात्र न्याय पाउने हो ररु पीडितले न्यायको लागि सधैं मिडिया गुहार्नु पर्ने होरु
२अदालतबाट घर बस्ने आदेश हुदाहुदै पनि किन प्रहरीले सुरक्छया साथ घर नबसाई देकोरु
३ अदालत र प्रशासन कहिले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निभाउँछन्रु
४ अपराधीहरूलाई कारवाही गर्ने कि खुलेआम हिँड्न दिनेरु
५ कानुन केवल कमजोरलाई मात्र लागू हुन्छ अपराधीलाई कानुनले किन जोगाइरहेको छ
६ सर्लाहीजस्तो ठाउँमा महिला सुरक्षित छैनन् भने न्याय केमा आधारित छरु
म सर्लाही लगायतका सबै जिम्मेवार निकायहरूलाई यति मात्र भन्न चाहन्छु — न्याय ढिलो भयो भने त्यो अन्याय हुन्छ। म जस्ता धेरै पीडित महिला अझै आशामा छन्, कृपया कानून र न्याय प्रणालीप्रति इमानदार बनौं।मेरो स्पष्ट मागहरू यसप्रकार छन्
अदालतबाट जारी भएको पक्राउ पुर्जी तुरुन्त कार्यान्वयन होस्।
प्रहरी प्रशासन र जनप्रतिनिधिहरूको मिलेमतोबारे निष्पक्ष छानबिन होस्।
पीडित महिलामाथि झूटा मुद्दा लगाउने कार्यलाई रोक्न र दोषीहरूलाई कारवाही गरियोस्।
महिला सुरक्षाको लागि कानुन कार्यान्वयनमा समानता, निष्पक्षता र तिव्रता सुनिश्चित गरियोस्।
यदि पीडित महिलाले मिडियामा आएर मात्र न्याय पाउनुपर्ने हो भने, त्यो न्याय प्रणालीमाथि गम्भीर प्रश्न हो। न्याय ढिलो हुनु आफैँमा अन्याय हो भन्ने मान्यतालाई स्वीकार गर्दै, सम्बन्धित सबै निकायहरूलाई यस घटनालाई गम्भीर रूपमा लिएर तुरुन्त कारवाही गर्न म हार्दिक अनुरोध गर्दछु।
न्याय ढिलो हुनु अन्याय हो।
म मौन बस्दिन – म लडिरहन्छु।
म न्याय नपाएसम्म पछि हट्दिन।