सप्तरी— जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा डाँकाको एक समूहले एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ।

बिहीबार राति डाँकाको एक समूह कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।

प्रहरीका अनुसार चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ। घटनापछि डाँकाहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।