अपराध

    Showing 1,741-1,750 of 2,232 items.
  • पाँच लाख ठगी प्रकरणमा तीन प्रहरीसहित पाँच जना पक्राउ

    बाँके — व्यापारीलाई पाँच लाख ठगी गरेको आरोपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई प्रहरी सहायक हवल्दार, एक सशस्त्र प्रहरी जवान, एक आफूलाई पत्रकार भनेर चिनाउने व्यापारी र एक भ्रष्टाचार विरोधी अभियन्ता छन्।पसल सञ्चालक लक्ष्मण कुँवरको जाहेरीपछि पक्राउ परेका हुन्। उनले जेठ २८ गते दिउँसो आफूमाथि डर–धम्की दिइएको र पाँच लाख रुपैयाँ बुझाउनु परेको दाबी गरेका छन्। घटना कोहलपुर नगरपालिका–११, पुरानो बसपार्कस्थित ‘थ्रिस्टार मोबाइल पसल’मा भएको हो।घटनामा संलग्नहरू भारतीय नम्बर प्लेटको गाडीमा आएका थिए। पसलभित्रको CCTV फुटेज प्रहरीले संकलन गरेको छ। पक्राउ परेकामध्ये भण्डारी र रिजाल पत्

    • प्रकाशित मितिः असार १, २०८२
    • 390 पटक पढिएको
  • युनुस अन्सारीको पुनः गिरफ्तारीमाथि प्रश्न, उच्च अदालतमा रिट दायर

    काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नियन्त्रणमा रहेका युनुस अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) को रिट दायर गरेका छन्।नक्कली नोट प्रकरणमा ६ वर्षको सजाय पूरा गरी जेठ १० गते नख्खु कारागारबाट रिहा भएका अन्सारीलाई CIB ले तत्कालै पुनः पक्राउ गरी हिरासतमा राखेको थियो। ब्युरोले उनीमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) को अभियोगमा थप अनुसन्धान गरिरहेको जनाएको छ।यसैबीच, अन्सारीले आफ्नो निरन्तर थुनालाई गैरकानुनी दाबी गर्दै शुक्रबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि आइतबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा सुनुवाइ हुने बताइएको छ।युनु

    • प्रकाशित मितिः असार १, २०८२
    • 288 पटक पढिएको
  • साउदीमा ५४४ नेपाली जेलमा, अधिकांश मदिरा र लागूऔषध प्रकरणमा

    काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ५ सय ४४ नेपाली नागरिक विभिन्न अपराध अभियोगमा जेल चलान भएका छन्। साउदीको कडा कानुन र साथीभाइको प्रभावमा परी गैरकानुनी गतिविधिमा संलग्न हुँदा उनीहरू कारागार पुग्न बाध्य भएका हुन्।साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, जेलमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अर्थात् ३४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसार अभियोगमा छन्। साउदीमा मदिरा सेवन तथा कारोबार पूर्णरूपमा गैरकानुनी र दण्डनीय मानिन्छ।त्यस्तै,८४ जना लागूऔषध ओसारपसार,५३ जना चोरी,१२ जना वेश्यावृत्तिमा संलग्न,१६ जना तोडफोड,१५ जना घुसखोरी,४ जना हत्या,७ जना कानुन उल्लङ्घन,र १

    • प्रकाशित मितिः असार १, २०८२
    • 433 पटक पढिएको
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    दैलेख, ३० जेठ । हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।भैरवी गाउँपालिका–६ हमाल टोल बस्ने ४९ वर्षीय राम बहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।  उनीहरूले जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पानीपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्य

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 372 पटक पढिएको
  • पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    विराटनगर- शृंखलाबद्ध रूपमा पसल फोडेर मोबाइल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ का २६ वर्षीय रोशनकुमार मण्डल, धनपालथान गाउँपालिका-७ का २२ वर्षीय विशालकुमार सिंह र भारत अररियाका १८ वर्षीय कृष पासवान रहेका छन्।उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।विराटनगरका दक्षिणी क्षेत्रमा चोरी बढ्दै गएपछि प्रहरीले यस्तो कार्यमा संलग्नको खोजी थालेको थियो। कटहरी गाउँपालिका-४ नयाँबजारको राज मोबाइल केयर पसलमा गत वैशाख ११ गते चोरी भएपछि प्रहरीमा उजुरी परेको थियो।चिमरियाका अनुसार उनको पसलबाट ल्य

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 293 पटक पढिएको
  • प्रतिन्धित लागू औषधसहित ४ जना पक्राउ

    विराटनगर— धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन कटुवाल, सुमन माझी, रोहित बिष्ट र बालकृष्ण मगर रहेका छन् । विहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका–१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका–२ का ३३ बर्षीय सुमन माझीलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी रेल्वेले धरान– १६ बाट सोही स

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 466 पटक पढिएको
  • कन्सट्रक्सनको सामान चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ

    ओखलढुंगा— कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिमल कार्की, रज बिश्वकर्मा र एक जना बालक रहेका छन् ।खिजिदेम्बा गाउँपालिका–७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखेकोमा जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 459 पटक पढिएको
  • रुपन्देहीमा एक महिनामा साढे २ करोडभन्दा बढीको भन्सार छलीको सामान नियन्त्रणमा

    रुपन्देही — जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक महिनाको अवधिमा झन्डै २ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली तथा चोरी निकासीका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीको सक्रियतासँगै सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको बताइएको छ।२२ वैशाखदेखि सुरु गरिएको विशेष निगरानी अभियान अन्तर्गत प्रहरीले २६ जेठसम्म विभिन्न स्थानहरूबाट तस्करी गरिएका सामग्री बरामद गरेको हो। यसै क्रममा, २७ जेठमा प्रहरीले करिब २४ लाख ४५ हजार रुपैयाँ बराबरका १,३६९ थान कृत्रिम यौन खेलौना बरामद गरेको छ।ओमसतिया गाउँपालिकाको बाइपास सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्ल

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 429 पटक पढिएको
  • आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फसाउन खोज्दा…

    पोखरा — पोखरामा एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा फसाई आर्थिक लाभ लिन खोज्ने आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा–१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।कास्की प्रहरीका अनुसार मरियम राई पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्थिन्। उनले लिम्बु र सुवेदीसँग मिलेर पसल सञ्चालकलाई यौन दुर्व्यवहारमा फसाउने धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।राईले पसल सञ्चालककी श्रीमतीलाई लेकसाइडस्थित एक होटलमा बोलाएर, ‘जिन्दगीभ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 352 पटक पढिएको
  • वृद्ध उमेरको त्रासदीः ९० वर्षका वृद्धले ७६ वर्षीया पत्नीको हत्या गरे

    नवलपरासी— नवलपरासी पूर्वको देवचुली नगरपालिका—३ आम्बासका एक वृद्धले आफ्नी वृद्धा पत्नीको हत्या गरेका छन्। ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।ती वृद्धले आफ्नी पन्तीको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ। उनीहरुबीच घरायसी विवाद हुँदा हत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए। पतिले फलामको रड टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो। उन

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 353 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.