बाँके — व्यापारीलाई पाँच लाख ठगी गरेको आरोपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई प्रहरी सहायक हवल्दार, एक सशस्त्र प्रहरी जवान, एक आफूलाई पत्रकार भनेर चिनाउने व्यापारी र एक भ्रष्टाचार विरोधी अभियन्ता छन्।


पसल सञ्चालक लक्ष्मण कुँवरको जाहेरीपछि पक्राउ परेका हुन्। उनले जेठ २८ गते दिउँसो आफूमाथि डर–धम्की दिइएको र पाँच लाख रुपैयाँ बुझाउनु परेको दाबी गरेका छन्। घटना कोहलपुर नगरपालिका–११, पुरानो बसपार्कस्थित ‘थ्रिस्टार मोबाइल पसल’मा भएको हो।


घटनामा संलग्नहरू भारतीय नम्बर प्लेटको गाडीमा आएका थिए। पसलभित्रको CCTV फुटेज प्रहरीले संकलन गरेको छ। पक्राउ परेकामध्ये भण्डारी र रिजाल पत्रकार महासंघका सदस्य भने होइनन्।


पक्राउ परेकाविरुद्ध आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाँकेले पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे अनुसन्धान जारी छ।