ओखलढुंगा— कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिमल कार्की, रज बिश्वकर्मा र एक जना बालक रहेका छन् ।

खिजिदेम्बा गाउँपालिका–७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखेकोमा जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।