अपराध

    Showing 1,721-1,730 of 2,232 items.
  • बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    रौतहट, ५ असार। बारा कलैया नगरपालिका १४ बघवन गाउँमा एकजना मानिसलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ४ जना लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। कुटपिट तथा हत्याका आरोपीहरु कलैया उपमाहनगरपालिका वडा १४ बघवन गाउँका वर्ष २८ को दिगम्बर साह कलवार,सोही ठाउँका उमेश जैसवालको श्रीमती वर्ष ३८ की रन्जु जैसवाल, उनको छोराहरू वर्ष २० को सुमित जैसवाल र वर्ष १८ को सुजित कुमार जैसवाल रहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्। उनीहरू माथी ज्यान सम्बन्धी कसूर मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन्।घटनाको विवरण अनुसार जेठ २९ गते बेलुका सावा ६'बज

    • प्रकाशित मितिः असार ५, २०८२
    • 307 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन तस्करीः दुबईबाट आएकी भारतीय महिलाबाट एक किलोभन्दा बढी सुन बरामद

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 274 पटक पढिएको
  • एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

    पर्सा - पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो।प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थि

    • प्रकाशित मितिः असार ५, २०८२
    • 320 पटक पढिएको
  • कारागारमा व्यवसायीको रहस्यमय मृत्युपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात ठप्प

    डडेल्धुरा– डडेल्धुराका २८ वर्षीय युवा व्यवसायी हरिसिंह पालीको कैलाली कारागारमा रहस्यमय मृत्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको आरोप लगाउँदै उनका आफन्त र स्थानीय व्यवसायीहरू आन्दोलित बनेका हुन्। उनीहरूले न्यायको माग गर्दै बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, अछाम र बझाङ लगायतका जिल्लाको सवारी आवागमन अवरुद्ध गरेका छन्।प्रहरीका अनुसार पालीलाई कैलाली जिल्ला अदालतले २९ फागुनमा बैंकिङ्ग कसुरअन्तर्गत १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीला

    • प्रकाशित मितिः असार ४, २०८२
    • 510 पटक पढिएको
  • भन्सार छली गरेर ल्याउँदै गरिएको १२ लाखभन्दा बढीको अवैध सामान बरामद

    विराटनगर– झापा, मोरङ र सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरी टोलीले असार २ गतेको दिन चेकजाँचको क्रममा विभिन्न प्रकारका भन्सार नतिरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो। बरामद सामानहरूमा कस्मेटिक सामग्री, लत्ता कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरको ब्याट्री तथा किराना सामानहरू रहेका छन्।स्रोतका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 420 पटक पढिएको
  • लागू औषध ब्राउन सुगरसहित झापा र मोरङबाट ४ जना पक्राउ

    विराटनगर– मोरङ र झापाका विभिन्न स्थानहरूमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीहरूले फरक-फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।झापा जिल्ला, मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुलस्थित चेकजाँचको क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले कन्काई नगरपालिका–४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैदिन, अनारमनी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले झापाको बिर्तामोड नगरपालिका–४ बाट दमक नगरपालिका–१ निवासी ३२ वर्षीय विजय कर्मा

    • प्रकाशित मितिः असार ४, २०८२
    • 486 पटक पढिएको
  • धरान र इटहरीबाट ४ हजार २ सय ३० किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा

    सुनसरी—   सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचको क्रममा दुईवटा ट्रकबाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद गरी ट्रक चालकसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।असार २ गते धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकबाट ७० वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ हजार १ सय ३० किलो गाँजा फेला परेको हो।त्यस्तै, असार ३ गते इटहरी उपमहानगरपालिका–२० तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँच

    • प्रकाशित मितिः असार ४, २०८२
    • 344 पटक पढिएको
  • २२ किलो लागू औषध सहित एक जना पक्राउ

    रौतहट । बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट मंगलवार  खटिएको संयुक्त प्रहरी टोलिले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.०८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल

    • प्रकाशित मितिः असार ४, २०८२
    • 270 पटक पढिएको
  • अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— सवारी चालक अनुमति पत्र कार्यालय, पर्साका अधिकृत कमलराज गौतमविरुद्ध २ करोड ५२ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।गौतमले २०५५ सालदेखि २०७९ सालसम्म सार्वजनिक पदमा रहँदा आम्दानीभन्दा धेरै खर्च गरी अवैध सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ। आयोगका अनुसार गौतमले वैध रूपमा करिब २ करोड ८९ लाख रुपैयाँ आम्दानी गरे पनि उनले आफन्तको नाममा घर, जग्गा, गाडी, सुन लगायतमा ५ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए।आयोगले स्रोत नखुलेको २ करोड ५१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति मानी मुद्दा दायर गरेको हो। साथै, सम्पत

    • प्रकाशित मितिः असार ३, २०८२
    • 411 पटक पढिएको
  • २,१०० किलो गाँजासहित तीन जना पक्राउ

    धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 404 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.