विराटनगर– झापा, मोरङ र सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।

सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरी टोलीले असार २ गतेको दिन चेकजाँचको क्रममा विभिन्न प्रकारका भन्सार नतिरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो। बरामद सामानहरूमा कस्मेटिक सामग्री, लत्ता कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरको ब्याट्री तथा किराना सामानहरू रहेका छन्।

स्रोतका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको छ।

प्रहरीले सीमा क्षेत्र हुँदै हुने भन्सार छली तथा अवैध कारोबार नियन्त्रण गर्न नियमित अनुगमन र चेकजाँचलाई अझ कडा बनाउने बताएको छ।