अपराध

    Showing 1,431-1,440 of 2,232 items.
  • अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक

    पोखरा । पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो ।पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा महुमुद्दिन एम अहमद वर्ष ४५ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा हु

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 267 पटक पढिएको
  • नेवि संघ हुदै अनेरास्ववियु देखि ठग सम्मको यात्रा : सभापति समिर सिंहको पर्दाफास ...

    सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका स्थित जनज्योति बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति समिर सिंह ठगी आरोपमा प्रहरी नियन्त्रणमा परेका छन्। अमेरिका पठाइदिने प्रलोभन देखाउँदै सिंहले १ करोड २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले पत्ता लगाएको छ।प्रहरी अनुसन्धानका अनुसार सिंहले काभ्रेपलाञ्चोक, बनेपा निवासी विषाल घिमिरेसँग मिलेर विद्यार्थी भिसा प्रक्रिया सजिलो बनाइदिने नाममा ठगी धन्दा चलाएका थिए। उनले विभिन्न विद्यार्थीलाई बैंकमा पर्याप्त ब्यालेन्स देखाउनुपर्ने भन्दै ठूलो रकम असुली गरेको प्रमाण खुलेको हो।जनज्योति क्याम्पसमा अनेरास्ववियुको तर्फबाट सभापति बनेका सिंहको यो कर्तु

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 2,413 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षमा शिव बास्तोलालाई जिम्मेवारी हस्तान्तरण

    काठमाडौं — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई हस्तान्तरण गरेकी छन्।पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी रञ्जिता श्रेष्ठले आफैंलाई विवादमा परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिएको जानकारी दिइन्।रञ्जिताले नेपालखबरसँग भनिन्, "मैले काबा दिएको छु। कुरा यही हो।" केही दिनअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि समेत पुगेकी थिइन्।सार्वजनिक अडियोमा पनि रञ्जिताले घुस माग्दै गरेको आवाज सुन्न सकिन्छ।नागरिक उन्मुक्ति पार्टीको विधान अनुसार अध्यक्षलाई कार्यवाहक तोक्न सक्ने अधिकार भए

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 413 पटक पढिएको
  • अख्तियार प्रमुख राईलाई महाभियोग लगाउनुपर्ने सांसद पन्तको माग

    काठमाडौं — नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले दिएको पूर्णपाठ निर्णयले राईको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै महाभियोग प्रक्रिया सुरु गर्नुपर्ने बताइन्।पन्तले भनिन्, "वाइडबडी जहाज खरिदबारे अदालतको फैसलामा चयनमुखी अभियोजन गरिएको देखिन्छ। अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिए पनि राईप्रति किन नगरेको? विशेष अदालतले प्रश्न उठाएको छ। उहाँ अहिले अख्तियार प्रमुख हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 589 पटक पढिएको
  • काठमाडौँ र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    काठमाडौँ — जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र पोखरामा गरी १६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँस्थित श्याम तामाङको टहरामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामेछापको मन्थली नगरपालिका–६ स्थायी घर भई हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका ३९ वर्षीय श्याम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले नगद ५० हजार ३३० रुपैयाँसहित पक्राउ गरेको हो।त्यसैदिन साँझ, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक चिन्तामणि अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिन्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 456 पटक पढिएको
  • आफ्नै हातबाट श्रीमतीको हत्या गरी प्रहरीलाई आफैँले दिए जानकारी

    काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा ४१ वर्षीया रविना ठाडाको हत्या भएको छ। प्रहरीले रविनाका श्रीमान् दैनिक सिंह ठाडा लाई पक्राउ गरेको छ। घटना शनिबार मध्यराति करिब १:३० बजे भएको थियो ।प्रहरीका अनुसार ठाडाले आफ्नै हातबाट श्रीमतीको हत्या गरेपछि फोन गरी “सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुस्” भन्दै आफैं सूचना दिएका थिए। वडाध्यक्ष दीपेन्द्रराज कोइरालाबाट फोन नम्बर लिएरी प्रहरीलाई जानकारी गराइएको थियो ।वीरेन्द्रनगर–१३ का वडाध्यक्ष कोइरालाका अनुसार, ठाडाले घटना गर्नुअघि परिवार र परिचितहरुलाई समेत फोन गरेका थिए। पक्राउको लागि प्रहरी चौकी करेखोलाबाट खटिएको टोली आइतबार बिहान २ बजे उनलाई नियन्त

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 471 पटक पढिएको
  • तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना पक्राउ

    काठमाडौं — तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।घटनास्थल काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी पुल नजिकको तरकारी बजार हो, जहाँ शनिबार तरकारी किनमेल गरिरहेकी ५२ वर्षीया लक्ष्मी घिमिरेको दुई तोलाको सुनको सिक्री लुटिएको थियो। घिमिरे काठमाडौं महानगरपालिका–२६, सामाखुसी टाउन प्लानिङमा बसोबास गर्छिन्।घटना लगत्तै पीडित घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा खोजी थालेको प्रहरीले माछापोखरीस्थित कुमारीस्थान मन्दिर नजिकबाट लुटपाटमा संलग्न दुबै जनालाई

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 383 पटक पढिएको
  • क्यानडा पठाइदिने बहानामा दुई जनाबाट ६५ लाख, ९७ हजार ठगी

    काठमाडौं - वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोरखा पालुङ्टार नगरपालिका-२ का ३७ वर्षीय रविन आचार्य रहेका छन्।हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ बस्दै आएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरिएको हो।आचार्यले क्यानडा लैजाने र त्यहाँ आकर्षक तलब पाउने लोभ देखाएर दुई जनाबाट ६५ लाख ९७ हजार रुपैयाँ लिएका थिए। तर, उनले पीडितलाई क्यानडा लगेनन्। बरू, रकम लि

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 350 पटक पढिएको
  • आव २०८१ / ८२ मा फरार प्रतिवादी पक्राउमा कोशी प्रदेश प्रहरीको उच्च सक्रियता, ३५१३ जना पक्राउ

    विराटनगर— “अपराध गरेर उम्कन कसैलाई छुट छैन” भन्ने सन्देशसहित कोशी प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै आएको छ। यसै क्रममा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा प्रदेशभरबाट ३ हजार ५ सय १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने विशेष अभियान सञ्चालन गरिएको हो। प्रहरीको यो प्रयास कानूनी राज्यको स्थापना र न्याय प्रणालीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भएको बताइएको छ।प्रहरीको विशेष रणनीति, सूचना प्रविधिको प्रयो

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 797 पटक पढिएको
  • मोरङ र सुनसरीबाट लागू औषधसहित ६ जना पक्राउ

    विराटनगर– मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई छुट्टाछुट्टै स्थानमा चेकजाँच तथा विशेष निगरानीको क्रममा नियन्त्रणमा लिइएको हो।सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को।१ ह ८९८८ नम्बरको अटोमा सवार धरान–६ का एक किशोरसहित ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उक्त घटनामा संलग्न धरान–६ का २४ वर्षीय युवराज लिम्बु र अटो चालक धरान–८ का २८ वर्षीय निलन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।त्यस्तै, इलाका प्रहरी कार्यालय धरानले धरान–१४ न

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 575 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.