काठमाडौं — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई हस्तान्तरण गरेकी छन्।
पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी रञ्जिता श्रेष्ठले आफैंलाई विवादमा परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिएको जानकारी दिइन्।
रञ्जिताले नेपालखबरसँग भनिन्, "मैले काबा दिएको छु। कुरा यही हो।" केही दिनअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि समेत पुगेकी थिइन्।
सार्वजनिक अडियोमा पनि रञ्जिताले घुस माग्दै गरेको आवाज सुन्न सकिन्छ।
नागरिक उन्मुक्ति पार्टीको विधान अनुसार अध्यक्षलाई कार्यवाहक तोक्न सक्ने अधिकार भएकाले उनले सोहीअनुसार शिव बास्तोलालाई जिम्मेवारी सुम्पिएको रञ्जिताले बताइन्।