अपराध

    Showing 1,361-1,370 of 2,232 items.
  • सर्लाहीमा दुई समुह बीच झडप हुँदा तीन जना घाइते

    सर्लाही— सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो । झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा  चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।प्र

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 727 पटक पढिएको
  • बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई तथा मोरङको उर्लाबारी नगरपालिका–१ घर हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।उहाँले भन्नुभयो, “यही साउन १८ गते राति गोकर्णेश्वर–६ नारायणटार लामा पेट्रोल पम्प नजिक मकवानपुर घर भई गोकर्णेश्वर–४ गोकर्ण नाम्गेल  बस्ने २७ वर्षीय सुरेन्द्र थोकरलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको आरो

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 671 पटक पढिएको
  • टिकटकले पत्ता लगायो दोस्रो बिहे, प्रहरी हवल्दारले श्रीमतीलाई दिन्थे हत्याको धम्की

    काठमाडौं  –  रामेछाप लिखु तामाकोशीकी सावित्रा बस्नेतले टिकटक हेर्ने क्रममा एक पुरुषले एक महिलालाई सिन्दुर हालिरहेको भिडियो देखेपछि झसङ्ग भइन्। भिडियोमा देखिएका पुरुष उनको श्रीमान् भरत बस्नेत थिए।श्रीमान् नेपाल प्रहरीका हवल्दार। उनी जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए। नातेदारहरूले भरतले अर्को विवाह गरेको सुनाए पनि उनले पत्याएकी थिइनन्। तर, टिकटकमा सिन्दुर हालिरहेको भिडियो नै देखेपछि भने उनले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा दुवै जनाविरुद्ध बहुविवाहको जाहेरी दिइन्।बहुविवाहको जाहेरी परेपछि भरत १७ दिनदेखि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 550 पटक पढिएको
  • गुन्डागर्दीमा संलग्न थप चार जना पक्राउ, एक युवतीमाथि अश्लील हर्कतको आरोप

    काठमाडौं –  प्रहरीले गुन्डागर्दीमा संलग्न थप चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा हेटौंडाका दीपक कार्की, नुवाकोटका निरज गुरुङ, टोखाका रोशन डंगोल र रोहन डंगोल छन् ।उनीहरूमाथि माछापोखरीस्थित राजधानी रोधीघरमा स्टेजमा नाचगान गरीरहेकी एक युवतीलाई अश्लील हर्कत गरी धारिलो हतियार समेत देखाएर त्रास सिर्जना गरेको आरोप छ । प्रहरीका अनुसार पक्राउ परेका निरज एक हप्ताअघि पक्राउ परेका गुन्डानाइके युवराज गुरुङ उर्फ सानुभाइका सहोदर दाइ हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहित विभिन्न पाँचवटा मुद्दा ल

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 615 पटक पढिएको
  • पोर्चुगल र हँगेरी पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ

    काठमाडौं –  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हँगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने बारा निजगढ नगरपालिका–१२ घर भएका ४१ वर्षीय रामबहादुर थिङ र भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने रामेछाप, रामेछाप नगरपालिका–३ घर भएका ३७ वर्षीय चन्द्रबहादुर सुवेदी रहेका छन् पक्राउ मध्ये रामबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्रबहादुरले हँगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।काठमाडौं उपत्यका अ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 511 पटक पढिएको
  • १२ करोड ठगीको आरोप, सुन पसल सञ्चालक बुवा–छोरा भागे अमेरिका

    काठमाडौं –   मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजारमा ‘अधिकारी सुन पसल’ सञ्चालकनगरी बसेका मोहन अधिकारी र उनका छोरा मनोज अधिकारीले ४१ बढी परिवारको करिब १२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । पीडितहरूमा वैदेशिक रोजगारीमा पसिना बगाउने युवादेखि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने विपन्न नागरिकसम्म छन् ।उच्च ब्याजको लोभमा जीवनभरको कमाइ सुन पसलमा जम्मा गरेका पीडितहरूले अहिले न न्यायको ढोका ढक्ढकाउन सकेका छन्, न त आफ्नो रकम फिर्ता पाउनेमा विश्वस्त छन् ।पीडितको रकम फिर्ता गराउन गठित अनौपचारिक ‘ऋण असुली समिति’ नै यतिबेला विवाद र शंकाको घेरामा तानिएको छ ।स्थानीय एमाले नेता तथा काने

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 775 पटक पढिएको
  • लामिछानेको बैंक जमानत निवेदन पेश, रिहाइको माग गर्दै अदालतमा नयाँ प्रयास

    रुपन्देही –  सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्।लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतमा अन्य मुद्दाभन्दा निवेदन नै अघि हुने भएकाले मङ्गलवार र बुधवार नै निवेदन पेशीमा चढे पनि लामिछानेकै कानुन व्यवसायीले यसलाई रोकेका छन् ।निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई र दफा ७१ बमोजिम थुनामुक्त गराउन आदेश माग गरिएको छ । दफा ६८ मा अदालतले अभियुक्तसँग धरौटी वा बैं

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 707 पटक पढिएको
  • बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति कांग्रेस गण्डकीको आपत्ति

    पोखरा— नेपाल सरकार कानून तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।विभागद्वारा पोखरामा आयोजित महिलाहरुको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।सो पत्रमा महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धित कानून प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिइएको छ ।सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 524 पटक पढिएको
  • लाइसेन्सको अनलाइन फारम भरिदिने भन्दै करार कर्मचारीले लिए घुस

    पोखरा— सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भरीदिने र परीक्षामा पास गराइदिने प्रलोभन देखाई सेवाग्राहीबाट घुस लिएको आरोपमा कास्कीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।करार सेवामा कार्यरत कर्मचारी दिपक पौडेलले सेवाग्राहीसँग सात हजार रूपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।आयोगका अनुसार पौडेलले सवारी चालक अनुमति पत्र प्राप्त गर्न आवश्यक अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायलमा समेत सहयोग गर्ने आश्वासन दिँदै रकम मागेका थिए ।&nb

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 631 पटक पढिएको
  • २३ वर्षपछि पक्राउ परिन् सौताको छोराको हत्या अभियोगमा फरार महिला

    दाङ— सौताको छोराको हत्या आरोपमा २३ वर्षदेखि फरार बसन्ता शर्मा पण्डित काठमाडौंबाट पक्राउ परेकी छन्। गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्तालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट मंगलबार बिहान साढे ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।शर्मामाथि २०५९ असार १९ गते सौताको छोरा, ९ वर्षीय शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको आरोप छ। दाङ जिल्ला अदालतले २०६० असोज २६ गते उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो। तर, पुनरावेदन अदालत तुलसीपुरले सो सजाय बढाएर १० वर्ष गरेपछि उनी फरार भएकी थिइन्।शर्मा काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएकी थिइन्। इलाका प्रहरी कार्या

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 593 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.