अपराध

    Showing 1,361-1,370 of 1,406 items.
  • श्रीमानलाई कुटपिट गरी एक महिलाको सामूहिक बलात्कार, दुई जना पक्राउ

    झापा-दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो । प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 132 पटक पढिएको
  • दुई हजार किलो सुपारीसहित चौधरी नियन्त्रणमा

    झापा- झापा प्रहरीले दुई हजार किलो सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलो सुपारी फेला परेको थियो ।त्यसका चालक झापाकै दमक नगरपालिका–१ बस्ने २८ वर्षीय मुकेश चौधरीसहितलाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 323 पटक पढिएको
  • ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी

    झापा-ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन् । चोरीको घटानाबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 159 पटक पढिएको
  • अफ्रिकन महिलालाई ठमेलमा ल्याएर वेश्यावृत्तिमा लगाउने पक्राउ

    झापा-अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् । परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर नतासाले काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ल्याएर ठमेल स्थित होटल ‘होटल जर्नी होम प्रालि’मा राखेर आरोपीले पीडितलाई वेश्यावृत्ति गर्न बाध्य बनाएको मानव बेचविखन ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए ।पीडितलाई एक दिनमा ५ देखि ७ जनासँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित बिरामी भएर युगाण्डा फर्कन भनेर त्रिभुवन अन्तर्

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 166 पटक पढिएको
  • छोरीको हत्या गर्ने बाबु पक्राउ

    झापा- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए। छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 132 पटक पढिएको
  • हजुरबाको हत्या आरोपमा नाति पक्राउ

    धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।कटुवालले बिहीबार मध्यरातमा बस्नेतको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए । 'राति १० बजेसम्म आफ्नै घरमा रहेका कटुवालले आधा घन्टाको दुरीमा रहेको मावली घर पुगेर हत्या गरेको देखिन्छ', उनले भने, 'विगतमा मावली घर आतेजाते गर्दा नातिलाई गलत बाटोमा नलाग्न भन्दै सम्झाइबु

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 93 पटक पढिएको
  • बिर्तामोडबाट मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ

    झापा-  झापाको बिर्तामोड नगरपालिका-४ बाट मोटरसाईकल चोरीमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । शुक्रबार  साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 101 पटक पढिएको
  • फरार सांसद लक्ष्मी कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ ।उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 175 पटक पढिएको
  • जु्वातास खेलिरहेका छ जना पक्राउ

    झापा –प्रहरीले काठमाडौँको नागार्जुनबाट जु्वातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 179 पटक पढिएको
  • गौशाला नजिकै लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक युवक पक्राउ

    काठमाडौं -मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीले बताएको छ । एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 131 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा