अपराध

    Showing 1,341-1,350 of 1,406 items.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चल्यो

    काठमाडौं । लागु औषध कारेवारीलाई नियन्त्रणमा लिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।कारोवारीको नाम खुलेको छैन । यधपी उनलाई घुडामुनि गोली लागेको छ । उनको उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ ।ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले उनी भारतीय भएको पुष्टि गरे पनि नाम भने नखुलेको बताए ।पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 670 पटक पढिएको
  • सहकारीको आठ करोड १८ लाख रुपैंया हिनामिना गर्ने छ जना पक्राउ

    काठमाडौँ ।  नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाल

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 459 पटक पढिएको
  • हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई नियन्त्रणमा लिएको छ ।निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको हो ।उनीहरूबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरूमाथि वन्यज

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 244 पटक पढिएको
  • एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट

    मधेस प्रदेश  ।   महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न करिब साढे १२ बजे महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए 

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 205 पटक पढिएको
  • ४२ करोड ठगेर शिवशिखर सहकारी फरार

    काठमाण्डौ  ।  वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै भन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरू फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू ब

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 460 पटक पढिएको
  • सवारी चालक अनुमती पत्रमा लापर्वाही र चलखेल; कैदीको हातमा सवारी चालक अनुमति पत्र

    सप्तरी    ।    सवारी चालक अनुमती पत्र वितरणमा हुने लापर्वाही र चलखेलको अर्को उदाहरण सार्वजनिक भएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्षदेखि सप्तरी कारागारमा रहेका कैदीले कैद भुक्तान गरिरहेकै समयमा सवारी चालक अनुमती पत्र लिएको खुलासा भएको हो।  सप्तरीको खडक नगरपालिका–७ तथा साबिक कल्याणपुर गाविस–२ निवासी मोहम्मद सैयद मियाँ ०७४ वैशाख ५ गतेदेखि नै कारागारमा छन्। सप्तरी जिल्ला अदालतको फैसला अनुसार कारागारमा रहेका उनको त्यसपछिको मितिमा सवारी चालक अनुमति पत्र वनेको पाईएको छ। यातायात व्यवस्था कार्यालय इटहरीबाट सैयदको नाममा ०७४ असार ३० गते चालक अनुपती पत्र जारी भएको छ। उनीसँग

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 560 पटक पढिएको
  • अदालतमा आजदेखि अभियुक्तहरुको बयान सुरु; नक्कली भुटानी शरणार्थी प्रकरण

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलक

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 236 पटक पढिएको
  • रौतहटमा गोली हानी एक जना एकको हत्या

    रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ।बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 340 पटक पढिएको
  • आइपीएल क्रिकेटमा सट्टाबाजी गिरोह पक्राउ

    वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको  छ ।आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी  गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका–४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका–६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।वीरगन्ज

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 320 पटक पढिएको
  • ६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न पक्राउ

    मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी  गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ  जनाको टोली परिचालन गरी आरोपीलाई

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 391 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा