काठमाण्डौ । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताएका छन । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।
काठमाडौँ । नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँबाट १ र पर्साबाट २ गरी ३ जना आज पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डोल्पाको साविक भिजेर गाविका–८ घर भई हाल काठमाडौं–६ मा बस्दै आएका २९ वर्षीय कार्मा लुण्डुप गुरुङ रहेका छन्।सरस्वती नगरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो।माहांकाल सेचेन गुम्बा नजिकै एक घरको भुइँ तल्लामा बस्दै आएका उनलाई विभिन्न मेसिनरी सामान, नक्कली नोट र नेपाली नगदसहित नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कपनले जनाएको छ । उनलाई थप कारबाहीका लागि बौद्ध प्रहरीमा राखिएको छ।उनको साथबाट नक्कली नोटको फोटोकपी गर्ने मेसिन एक थान, डिजिटल तराजु स
काठमाडौँ । बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।थप दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना ट्रेस भइसकेका छन्। दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्
काठमाडौं । काठमाडौंकाे बल्खुमा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले ८ जनालाइ पक्राउ गरेकाे छ ।काठमाडाैं महानगरपालिका-१४ कलंकीस्थित चितवन भरतपुर महानगरपालिका-१० घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटासहित ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।यस्तै धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ ज
काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चार जनाको शव फेला परेको छ । श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताएका छन । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाटी रेटिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । अहिले डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा ११ जना र स्थानीय प्रहरी चौकीबाट ४ जनासहित १५ जनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रजीअ थापाले बताए। ज्यान गुमाउनेहरूमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका
एजेन्शी । अमेरिकाको माइन राज्यमा बुधबार राति एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा करिब ६० जना घाइते भएका छन् । साथै कयौँको अवश्था गम्भीर रहेको जनाइएको छ ।आक्रमणकारी अझै पक्राउ परेका छैनन प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा गोली चलेको थियो । ती व्यक्तिले तीन फरक व्यापारिक केन्द्रमा गोली चलाएका थिए। जसमा स्पेयरटाइम मनोरञ्जन, स्किमनेजको बार एण्ड ग्रिल रेस्टुरेन्ट, र वालमार्ट केन्द्र समावेश छ। प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि समेत आग्रह गरेको छ।
चपुर । जनकपुरधामबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक किशोरीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी–९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् । उनलाई जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पाैने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् ।अवैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला शुक्रबार साझ विमानस्थलबाट पक्राउ परेकी हुन । प्रहरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई झण्डै तीन किलोग्राम सुनसहित पक्राउ गरिएको हो । उनी माथि प्र्हरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाण्डौ । उदयपुरको कटरीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–१६ घर भई हाल कटारी नगरपालिका–४ बस्ने ४२ वर्षीय दिनेश पण्डित जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।एक २८ वर्षीया युवतीले डर त्रासमा पारेर आफूलाएै पण्डितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले त्यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.