अपराध

    Showing 1,261-1,270 of 2,232 items.
  • मोरङ कारागारको शौचालयमा झुन्डिएको अवस्थामा महिला भेटिइन

    विराटनगर— जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन् ।​ महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा उनको शव फेला परेको जेलर गौरव ढुंगेलले जानकारी दिए ।जेलर ढुंगेलका अनुसार, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन् ।कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते जन्म कैदको सजाय सुनाएको थियो । उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन् । भट्टराईका दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् ।उनी र एक सन्तानको उद्धार गरिएको थियो । तर पछि अर्का नाबालकको पनि मृत्यु भएको थिय

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 770 पटक पढिएको
  • काठमाडौंको अन्नपूर्ण चोकबाट जुवातास खेल्दै गरेका ९ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका–१८ निवासी ४५ वर्षीय राजु नापितसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेकासँग २ लाख २१ हजार १ सय ४५ रुपैयाँ नगद र १० बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 542 पटक पढिएको
  • रौतहटको सुटकेसमा मृतावस्था घटनाः रूवी साहका प्रमुख आरोपित फेला परे

    काठमाडौं— रौतहटमा सुटकेसमा मृतावस्थामा फेला परेकी  रुबी साहका प्रमुख आरोपित पक्राउ परेका छन्। घटनामा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवान पक्राउ परेका हुन्।पासवान घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । ‘हामीले निगरानीमा राखेको थियौँ। उहाँ आफैँ घाइते अवस्थामा फेला पर्नुभयो।’ डीएसपी कार्कीले भने,‘आरोपितभन्दा पनि लगभग प्रमाणित भइसक्यो। घटना घटाएको स्वीकारेको छ।’ कार्कीका अनुसार रौतहट आरोपितलाई प्रहरीले जलेको अवस्थामा भेटिएका छन्।पासवानले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 591 पटक पढिएको
  • नाबालिका बलात्कार आरोपमा युवक पक्राउ

    झापा— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।उक्त घटना गत असार १४ गते राति भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 721 पटक पढिएको
  • नक्कली सुन बेचेर ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— नक्कली सुनलाई सक्कली भनी विभिन्न व्यक्तिहरूलाई झुक्याएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो निवासी ३३ वर्षीय लाक्पा शेर्पा हुन्। उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबुको क्वालिटी क्याफेबाट प्रहरीले पक्राउ गरेको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अवैध सुनको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा शेर्पालाई १ किलोग्राम सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो।प्रारम्भिक अनुसन्धानमा उनले नक्कली सुनलाई सक्कली भनी विश्वास दिलाई विभिन्न व्यक्तिहरूसँग ठगी गर्ने गरेको खुल्न आ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 776 पटक पढिएको
  • करणी अभियोगमा झापा र नुवाकोटबाट तीन जना पक्राउ

    काठमाडौं— जबरजस्ती करणीको आरोपमा झापाबाट दुई जना र नुवाकोटबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कचनकवल गाउँपालिका–७ निवासी ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङलाई १६ वर्षीया बालिकामाथि करणी गरेको उजुरीको आधारमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।त्यसैगरी, नुवाकोटको बिदुर नगरपालिका–३ मैरीटारका ३५ वर्षीय बाबुराम माझीलाई पनि करणी अभियोगमा पक्राउ गरिएको छ। उनलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ प्रहरी चौकी देवीघाटबाट

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 668 पटक पढिएको
  • बर्दियाबाट ४८ लाख रुपैयाँको विद्युतीय चुरोट (भेप) बरामद

    बर्दिया— बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति करिब १ बजेको समयमा ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) (SPACEMAN SP40000)  बरामद गरिएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुई वटा साइकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा भेप सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई देख

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 562 पटक पढिएको
  • जसपा नेपालले विरोध प्रदर्शन

    रौतहट— रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । आइतबार जसपा नेपालका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 579 पटक पढिएको
  • डल्लुमा एक जना मृतावस्थामा फेला

    काठमाडौं— राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 827 पटक पढिएको
  • अख्तियारद्वारा बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौं— पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका अर्यालसहित १२ जनाविरुद्ध अख्तियारले सुरक्षा मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइको प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो।तर, विशेष अदालतले अर्यालसहितलाई सफाइ दिएको थियो। सो फ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 541 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.