काठमाडौं— राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । 

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।