अपराध

    Showing 1,241-1,250 of 1,401 items.
  • मिना हत्या प्रकरण : सबै प्रतिवादी पुर्पक्षका लागि थुनामा

    काठमाडौं–म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। म्याग्दी जिल्ला अदालतले मंगलबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ गर्दै उनीहरूलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो ।अदालतको आदेशअनुसार मिनाका प्रेमी राम खत्री, उनकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाइ रोजन खत्री, र आफन्त श्याम खत्रीलाई म्याग्दी जिल्ला कारागारमा पठाइएको छ। उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको थियो।मिना परियार ८ महिनादेखि बेपत्ता रहिएकी थिइन्। उनको

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 473 पटक पढिएको
  • मुना पाण्डे हत्या प्रकरण : आमा अनिताले अमेरिका जान भिसा पाइन्

    काठमाडौं–अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमालाई अमेरिकाले भिसा दिएको छ । आमा अनिता पाण्डे अधिकारीले अमेरिका जानको लागि भिसा प्राप्त गरेकी छिन् । छोरीको हत्यापछि विक्षिप्त अनिताले भिसाका लागि आवेदन दिएकी थिइन् । मुनाकी एकल आमालाई आर्थिक सहायताका लागि नेपाली समूदायले अभियान पनि चलाए । उनको मामा छोरा सुरेश अधिकारीले अनिता बिहीबार अमेरिका जान तयारीमा रहेको बताए । मुना पाण्डे २०२१ मा ‘इन्टरनेसनल स्टुडेन्ट’को रुपमा अमेरिका गएकी थिइन् । उनको शव ११ भदौमा गोली लागेको अवस्थामा भेटिएको थियो । प्रहरीले हत्याको आरोपमा बबी सिंह शाहलाई पक्राउ गरेको छ । हत्याको

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 494 पटक पढिएको
  • मुना पाण्डे हत्या प्रकरण‚ आरोपित बबी सिंह शाह पक्राउ

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको घटनामा नयाँ अपडेट आएको छ । हत्याको आरोपमा प्रहरीले ५१ वर्षीय बबी सिंह शाहलाई पक्राउ गरेको हो । पाण्डेको शव सोमबार साँझ उनको अपार्टमेन्टमा पाइएको थियो । उनको शरीरमा धेरै गोली लागेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पाण्डेको अपार्टमेन्टबाट निस्कने एक व्यक्ति देखिएको सिसिटिभी फुटेजबाट शाहलाई पहिचान गरेको थियो । शाहलाई बुधबार साँझ ह्युस्टनको उत्तरपश्चिममा ट्राफिक जाँचका क्रममा पक्राउ गरिएको हो । ह्युस्टन प्रहरी विभागको स्व्याट टोली‚ अपराध न्यूनीकरण शाखा र टेक्सास सार्वजनिक सुरक

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 770 पटक पढिएको
  • नेपाली विद्यार्थी मुनाको हत्यामा संदिग्ध पक्राउ

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संदिग्ध पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ एक ट्राफिक चेक जाँचका क्रममा संदिग्धलाई पक्राउ गरेको हो । स्थानीयको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ । संदिग्धको पहिचान भने अझै खुलाइएको छैन । प्रहरीले संदिग्धको बयान पनि लिइसकेको स्थानीय सञ्चारमाध्यले जानकारी दिएका छन् । यसअघि प्रहरीले सीसीटीभी फुटेजबाट खिचिएको संदिग्धको फोटो सार्वजनिक गरेको थियो । मुना सोमबार साँझ आफ्नो ह्युस्टन अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको पाइएको थियो

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 504 पटक पढिएको
  • ह्युस्टनमा नेपाली विद्यार्थीको हत्या‚ प्रहरीद्धारा संदिग्धको फोटो सार्वजनिक

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको घटनामा प्रहरीले संदिग्धको फोटो सार्वजनिक गरेको छ । संदिग्धको पहिचान भने अझै खुलेको छैन ।सीसीटीभी फुटेज अनुसार संदिग्ध स्थानीय समयानुसार शनिबार‚ अगस्ट २४ मा राति ९:४८ बजे घटनास्थलमा पुगेको देखिन्छ । फोटो सार्वजनिक भए पनि संदिग्ध पक्राउ परेको छैनन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । संदिग्ध ती अमेरिकी युवक होइन‚ जोसँग मुना प्रेम सम्बन्धमा थिइन् ।मुना सोमबार साँझ आफ्नो ह्युस्टनस्थित अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको थियो ।ह्युस्टन प्रहर

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 421 पटक पढिएको
  • शंखमुलमा पुल हाउस सञ्चालकको हत्या, २२ वर्षीय युवक पक्राउ

    काठमाडौं–काठमाडौं महानगरपालिका–१० शंखमुल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले हत्या अभियोगमा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कुमारले सोमबार बिहान रड प्रहार गरी बान्तवालाई गम्भीर घाइते बनाएका थिए । बान्तवाको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कुमारलाई उनकै डेराबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 602 पटक पढिएको
  • दुई घटनामा २ करोड ८० लाखभन्दा बढी ठगी, ५ जना पक्राउ

    काठमाडौं–आकर्षक तलबको प्रलोभनमा ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । दाङका देव सुनार र भीम सुनार‚ पाल्पाका सुमन थापा‚ र कालीकोटका कन्नजित राउत समातिएका हुन् । उनीहरूले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले देव र भीमलाई कञ्चनपुरको गड्डाचौकीबाट‚ सुमनलाई काठमाडौंको टोखा नगरपालिका–३ बाट‚ र कन्नजितलाई काठमाडौंको पशुपतिबाट पक्राउ गरेको हो । पीडितहरूका उजुरीको आधारमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 551 पटक पढिएको
  • खुकुरी प्रहार गरेर हत्या : एक जना पक्राउ

    काठमाडौं–सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेका छन् ।प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार‚ बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ की ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीया छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएकी छिन् ।घाइते आमाछोरीलाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा इनिसा साहीको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 420 पटक पढिएको
  • अमेरिकामा भोजपुरकी मुना पाण्डेको हत्या

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । मृतक २१ वर्षीया मुना पाण्डे हुन् ।सोमबार साँझ आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी पाण्डेको छातीमा गोली लागेको ह्युस्टन प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको अनुसन्धान भइरहेको छ । हालसम्म कुनै संदिग्ध पक्राउ परेका छैनन् ।नेपालको भोजपुर घर भएकी पाण्डे २०२१ मा अमेरिका आएर ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहको अध्ययन गरिरहेकी थिइन् । स्थानीय सञ्चारमाध्यका अनुसार एकल आमा अनिता पाण्डे अधिकारीकी छोरी मुना एक अमेरिकी युवकसँग प्रेम सम्बन्धमा थिइन् । पछिल्लो समय आफ्नो सम्बन्धलाई लिएर

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 740 पटक पढिएको
  • अवैध सुनसहित चार जना समातिए, १ करोडभन्दा बढीको सम्पत्ति बरामद

    काठमाडौं–नेपालगञ्जबाट अवैध सुनचाँदीसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारु, राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार र बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी पक्राउ परेका हुन। उनीहरूलाई बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारसहित पक्राउ गरिएको हो । प्रहरीले उनीहरूबाट करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी बरामद गरेको छ । यस्तै, नेपालगञ्ज उ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 448 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा