काठमाडौं— फेसबुक, ह्वाटस्एप, टीकटकलगायतका सामाजिक संजालमा नक्कली आईडीको प्रयोग गरी फ्रेन्ड रिक्वयस्ट पठाई साथी बनाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई कपन बस्ने २७ वर्षीय रवि लामा रहेका छन् । 

लामाले उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई नजिकको साथी बनी आफू विभिन्न समस्यामा परेको बहाना बनाई पैसा लिएपछि सम्पर्कविहीन भएको पीडितको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बुधबार चावाहिल गणेस्थानबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।