अपराध

    Showing 1,121-1,130 of 1,152 items.
  • विमानस्थलका हाकिम पूर्णप्रसाद चुडाल घुस र महँगा रक्सीसहित पक्राउ

     नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका कर्तुतहरू सार्वजनिक भइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फका म्यानेजरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।सोमबार अख्तियारको टोलीले विमानस्थलको आन्तरिक कार्यालय प्रमुख पूण प्रसाद चुडाललाई रंगेहात पक्राउ गरेको छ ।चुडालको कार्यकक्षबाट ठूलो परिमाणमा महँगा रक्सी र लाखौं रुपियाँ बरामद गरेको छ । आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोलीले छापामारेको थियो । चुडाललाई डेढ लाख रुपियाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा अख

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 678 पटक पढिएको
  • जनकपुरका युवाको अपहरणपछि भारतमा हत्या

    झापा / जनकपुरका दुई युवाको अपहरण पछि भारतमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –८ का  २५ वर्षीय रोहित साह र वडा नम्बर–१३ का  २२ वर्षीय  विष्णु साहको हत्या भएको हो ।आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँ पश्चिमतर्फ दुबै युवकको शव फेला परेको छ । दुई साता अघि दुबै जना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 140 पटक पढिएको
  • सिभिल मलमा युवकले आफैंलाई आगो लगाए

      काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार २९–३० वर्षका विशाल गुरुङले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको उनले बताए।प्रहरीले उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टर पुर्‍याइएइको र सेन्टरले र्कीतिपुरको नेपाल क्लिप्ट एण्ड ब्रन अस्पताल पठाइएको छ।घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 99 पटक पढिएको
  • लागुऔषध मुद्धामा फरार महिला कारागार चलान

     झापा / लागुऔषध (गाँजा) मुद्धामा फरार एक जना महिला कारागार चलान भएकी छिन ।२०७७ असोजमा झापा जिल्ला अदालतबाट ७ महिना कैद सजाय सुनाइएकी कमल गाउँपालिका वडा नं ३ की भिमकुमारी लावती बिहिबार कारागार चलान भएकी हुन ।उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतले ७ महिनाको कैदसंगै २ हजार रुपैयाँ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 112 पटक पढिएको
  • श्रोत नखुलेको रकम सहित पक्राउ

    मोरङ / मोरङको विराटनगर महानगरपालिका-७ स्थितबाट  श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर -१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैङ्कहरूको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँको भौचर १० थान, ६ लाख रुपैयाँको चेक २ थान, चेक बुक ९ थान र  को.२४ प ७९८४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।श

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 73 पटक पढिएको
  • निर्मला पन्तको हत्या घटनामा अनुसन्धान हुँदै : दुई भारतीय किशोर पक्राउ

    कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको अनुशन्धान भारतीय नागरिकतिर सोझिएको छ। घट्नाको दिन आसपासमै देखिएका दुई भारतीय किशोर पक्राउ परेका छन्।उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ ।                                 हालसम्म घट्नाको चित्त वुझदो उत्तर कसैले दिन सकेका छैनन्। अहिले घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको सिंह न

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 178 पटक पढिएको
  • अमेरिकाबाट अवैधानिक बाटोबाट करोडौं रुपैयाँ भित्र्याउने पृथ्वीबहादुर शाह पक्राउ

    अमेरिकाबाट अवैधानिक बाटोबाट करोडौं रुपैयाँ भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो ।शाहसहित चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद पनि पक्राउ परेका छन् । सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनीहरु सबैलाई हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुले विभिन्न कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (३ करोड २२ लाख बढी नेपाली रुपैयाँ) गैरकानूनी कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले स्विफ्टमार्फत

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 164 पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रहरी खोरमा

    इटहरी/ पिक्नीक खान गएका इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई मापसे गरि झगडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । पिक्नीक खान आएका उपमहानगरपालिकाका कर्मचारीहरुले मगरलाई मापसे गरि प्रसासकृय अधिकृतलाई गालिगलैच गरेको र हातपात गरे पछि प्रहरी समक्ष बुझाएका थियो ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन । कुसुम पोखरेल मगरको यो घटना भने पहिलो हैन । उनि सरकारी पदको दुरुपयोग गर्दै पटक पटक

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 71 पटक पढिएको
  • धरानमा एकल महिलाको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा पठाउने आदेश

    धरान / समूहमा आएका महिलाहरूको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपित एक जना भने धरौटीमा छुटेका छन् ।न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।अदालतको आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन्

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 84 पटक पढिएको
  • १९ वर्षपछि छुटे चार्ल्स शोभराज

     काठमाडौँ / सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका छन्।१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराज लाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको हो।सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराज लाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।शोभराज माथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेक

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 69 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा