अपराध

    Showing 1,121-1,130 of 2,232 items.
  • पिकअपको ठक्करबाट युवकको मृत्यु

    सप्तरी— जिल्लाको खडक नगरपालिका–११, बनौलीस्थित हुलाकी सडकमा पिकअपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका–१०, बनौला निवासी १८ वर्षीय अमन मण्डल गएराति करिब ११ बजे पैदल हिँडिरहेका बेला कुखुरा बोकेको एक पिकअपले ठक्कर दिएको हो। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको ती पिकअपको नम्बर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते भएका मण्डलको टाउको, छाती र दाहिने हातमा चोट लागेको थियो। उनलाई तत्कालै बोदेबर्साइनस्थित जीवनज्योति अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज ल्याइएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको थि

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 552 पटक पढिएको
  • सिड्नीमा गोली हानाहानमा २० जना घाइते

    काठमाडौं— सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ। प्रहरीले संदिग्धलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ।न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेरीले उक्त क्षेत्रमा ५० देखि १०० वटा गोली चलेको र प्रहरीले ६० वर्ष उमेरका संदिग्ध शूटरलाई पक्राउ गरेको जनाएको छ।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १९ जनाको काँचको टुक्राले गर्दा घाइते भएको पुष्टि गर्दै घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।उच्च सुरक्षा व्यवस्था सामूहिक हत्या र अनियमित गोलीबारी दुर्लभ भएको अस्ट्रेलियामा हात हतिय

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 779 पटक पढिएको
  • सामाजिक सञ्जालमा जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

    काठमाडौं— सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् ।गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूम

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 781 पटक पढिएको
  • ५ सय ३७ किलो गाँजासहित एक जना पक्राउ

    विराटनगर— सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 529 पटक पढिएको
  • आफ्नै आमाको ज्यान लिने छोरा पक्राउ

    धादिङ— धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी उनले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए । यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 568 पटक पढिएको
  • खुकुरी प्रहारबाट गम्भिर घाइते बाजुराका साउँदको उपचारमा आर्थिक सहयोगको अपिल

    बाजुरा— खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज साउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो ।  गम्भिर घाईते साउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पुर्णमा आग्रह गरिएको हो । असोज १५ गते राती त्रिवेणी नगरपालिका २ स्थित छतारास्थित चाल्नेगडा दशैँ मेलामा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका थिए।सोही झडपमा खुकुरी प्रहारबाट गम्भिर घाइते १८ वर्षीय साउँदको घाँटी, निधार र दाँहिने हातमा गम्भिर चोट लागेको थियो । घाइते साउँदको अहिले ट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 481 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

    काठमाडौं— चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भएका शर्मा यसअघि नख्खु कारागारमा थुनामा रहेका थिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला शर्मा कारागारबाट भागेका थिए।शर्मालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले शर्मालाई पक्राउ गरेको बताए।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 679 पटक पढिएको
  • लागुऔषध चरेससहित एक व्यक्ति पक्राउ

    दार्चुला— दार्चुलाको दुहु गाउँपालिका–६ स्थित झोलुङ्गे पुल नजिकैबाट प्रहरीले चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम रहेका छन्।जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट खटिएको टोलीले शनिबार उनलाई शंका लागेर जाँच गर्ने क्रममा ४८० ग्राम चरेस फेला पारेको हो।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 730 पटक पढिएको
  • मालिकार्जुन प्रहरी चौकीमा कुटपिट र धम्कीपूर्ण अडियो सार्वजनिक, इन्चार्ज धामी विवादमा

    दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ०३ स्थित प्रहरी चौकीमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र धामीको एक विवादास्पद अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा उनले सोही चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश सिंह धामीमाथि गाली गलौज, कुटपिट र गोली ठोक्ने धम्की दिएको स्पष्ट रूपमा सुनिन्छ ।स्थानीय स्रोतका अनुसार विवादित दुबै प्रहरी एकै ठाउँका स्थायी बासिन्दा हुन् र उनीहरूबीच काका–भतिजको नाता रहेको बुझिएको छ । अडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ कि इन्चार्ज धामीले महेशलाई “तेरो खुट्टा भाँचिदिन्छु” भन्दै अश्लील र अपमानजनक शब्द प्रयोग गरेका छन् ।स्रोतका अनुसार, इन्

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 3,935 पटक पढिएको
  • डोटीमा प्रहरी जवान मृत फेलाः टाउकोमा गम्भीर चोट

    डोटी— जिल्लाको शिखर नगरपालिका–८ तिलताली निवासी प्रहरी जवान शंकर बलायर मृत अवस्थामा फेला परेका छन्। शुक्रबार राति करिब १२ः१५ बजे गोपघाट भन्ने स्थानमा एक व्यक्ति लडेको सूचना पाएपछि प्रहरी टोली पुग्दा बलायर मृत अवस्थामा भेटिएका हुन्।बलायरको टाउकोमा गम्भीर चोट देखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।बलायर हाल रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। उनी नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा दरबन्दी भएका थिए। असोज ७ गतेदेखि लागु हुने गरी उनी १८ दिनको बिदामा डो

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 497 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.